गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणको लागि नुवाकोटका कृषकहरुद्धारा एकसय २० बोरा आलु प्रदान
प्रकाश सिलवाल ,चितवन । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी नुवाकोटको लिखु र पन्चकन्या गाउँपालिका कृषकहरुले एकसय २० बोरा आलु वितरण गरेका छन ।
सोमबार चितवनका पुगेर समाजसेवीहरु भगवान पौडेल,रामचन्द्र अगस्ती ,दिपक खनाल , बलराम ढकाल ,बाबुराम ढकाल ,गोपाल ढकाल ,रामराजा प्याकुरेल र गणेश खकुरालहरुको नेतृत्वमा गएको टोलीले आलु वितरण गरेको हो । लिखु र पन्चकन्या गाउँपालिकाका किसानहरुसंग आलु संकलन गरि एकसय २० बोरा आलु वितरण गरिएको समाजसेवी भगवान पौडेलले बताउनुभयो । पौडेलले रंगशाला निर्माणका लागि अझै सहयोग संकलन भइरहेको बताउनुभयो ।
त्यस्तै अर्का समाजसेवी रामचन्द्र अगस्तीले आफुहरुको सानो सहयोगले अन्य व्यक्तिहरुलाई पनि सहयोगको भावना जागृत गराउन सहयोस्वरु आलु संकलन गरि सहयोग गरेको बताउनुभयो ।
यसअघि रंगशाला निर्माणको लागि नुवाकोटका आइचर व्यवसायीहरुले पनि वालुवा ३ सयभन्दा बढी आइचर वालुवा सहयोग गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया