नुवाकोट र रसुवाको परिचयात्मक भ्रमण शुरु
नुवाकोट । नुवाकोट र रसुवाको आइतबारदेखि पाँच दिने परिचयात्मक भ्रमण शुरु भएको छ ।
रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा फागुन ११ गतेदेखि १५ गतेसम्म भ्रमण हुन लागेको हो । नेपालमा पर्यटन भित्राउनका लागि महत्वपूर्ण भूमिकामा रहेका ट्रेकिङ कम्पनीमा प्रतिनिधिहरू, पत्रकार तथा अन्य सरोकारवाला गरी ५० जनाको सहभागिता रहेने छ ।
टोलीले नुवाकोट जिल्लाको ऐतिहासिक साततले दरबार क्षेत्र, नवनिर्मित जीपलाइन, ऐतिहासिक सूर्यगढी हुँदै तामाङ जातिहरूको जीवित संग्रालय किस्पाङ गाउँ र प्रकृतिको सुन्दर अवलोकनका लागि प्रशिद्ध फिकुरी डाँडा अवलोकन गर्ने छ ।त्यसैगरी रसुवाको घलेगढी तथा डाँडागाउँस्थित आकर्षक भांगेखोला हुँदै झरेको पातले झरना र बेत्रावतीमा रहेको पौराणिक महत्वको उत्तरगया क्षेत्रको अवलोकन गरिने समाजले जनाएको छ । यसको नेपाल पर्यटन बोर्डले प्रवद्धन गरेको छ ।
आईतबार भ्रमण टोलीलाई स्वागत गर्दे जिल्ला समन्य समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले भ्रमणबाट नुवाकोटको विभिन्न पर्यटकीय संभावना भएका ठाउँहरु उजागर हुने विश्वास व्यक्त गरे । तामाङले नुवाकोटको विभिन्न स्थानहरु पर्यटकीय गन्तव्य भएपनि प्रचारप्रसारको अभावले ओझेलमा परेको बताए ।
आईतबार भ्रमण टोलीलाई स्वागत गर्दे जिल्ला समन्य समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले भ्रमणबाट नुवाकोटको विभिन्न पर्यटकीय संभावना भएका ठाउँहरु उजागर हुने विश्वास व्यक्त गरे । तामाङले नुवाकोटको विभिन्न स्थानहरु पर्यटकीय गन्तव्य भएपनि प्रचारप्रसारको अभावले ओझेलमा परेको बताए ।
त्यस्तै भ्रमण टोलीको स्वागत गर्दे बाग्मति प्रदेशका पर्यटन व्यवसायी संघका अध्यक्ष सन्तोष उप्रेती, नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिता अमात्यले भ्रमणले नुवाकोटमा रहेका होटल तथा पर्यटन व्यवसायीको प्रर्वद्धन र प्रचारप्रसार हुने बताए ।
भ्रमणमा नेपाल पर्यटन बोर्डका सदस्य दिपक महत, टानका विभिन्न पदाधिकारी पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया