गोकुल बाँस्कोटा विरुद्ध अख्तियारमा निवेदन

विदुर खबर २०७६ फागुन ११ गते १३:१९

नुवाकोट । निवर्तमान सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई अनुसन्धानको दायराभित्र ल्याउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन  पेश भएको छ ।

Advertisement

अभियानकर्मी विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले अख्तियारमा  निवेदन दर्ता गराएका हुन् । करोडौंको भ्रष्टाचार गर्ने नियतका साथ बार्गेनिङ गरिएको अडियो सार्वजनिक भएकाले अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग सहित निवेदन दर्ता गरेको शिवाकोटीले बताए ।

उनीहरुले आइतबार बिहान निवेदन दर्ता गराएका छन् । सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा एक स्वीस कम्पनीका नेपाली एजेन्ट बिजयप्रकाश मिश्रसँग कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले पदबाट राजीनामा दिइसकेका छन् ।

Advertisement

प्रतिक्रिया