बाँस्कोटामाथि छानबिन गर्नुपर्दैन : प्रधानमन्त्री ओली

विदुर खबर २०७६ फागुन ११ गते ८:४५

नुवाकोट । पदीय आचरण विपरित ७० करोड घुस मागेका पुर्व संचारमन्त्रि गोकुल वास्कोटामाथि ने छानबिन गर्नु नपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बचाउ गर्नुभएको छ।

Advertisement

एक सचिवालय सदस्यले भने– ‘पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानविन गर्नुपर्छ।’ तर प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि पार्टीले छुट्टै छानबिन गर्नु नपर्ने भन्दै अडान लिनुभएको थियो। पार्टीको शनिबार बसेको बैठकमा विभिन्न नेताले छानविन गर्नुपर्ने भनाइमा जोड दिएपछि उहाँले बास्कोटाको बचाउ गर्दै भन्नुभयो– बाँस्कोटाले राजीनामा दिइसकेकाले अब राज्य संयन्त्रले नै छानबिन गर्ने भएकाले पार्टीले छु्ट्टै छानविन गर्नुपर्दैन।’

यस्तै सचिवालय बैठकले एमसीसी सम्झौता परिमार्जन गरेर मात्र संसद्मा अनुमोदन गर्ने सहमति गरेको छ।पार्टीको केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले दिएको सुझावबमोजिम परिमार्जन गरेर मात्र अनुमोदन गर्ने सहमति गरेको हो।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा कार्यदलका संयोजकसमेत रहेका पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशको राष्ट्रियता र स्वाधिनताको विरुद्धमा केही बुँदा रहेकाले परिमार्जन गर्नुपर्ने जानकारी गराउनुभयो।

Advertisement

नेता खनालले  भन्नुभयो–‘एमसीसी जस्ताको तस्तै पारित गर्न सकिँदैन, कार्यदलले निकै गम्भीरतापूर्वक अध्ययन गरेर परिमार्जन गर्ने विषय बुँदागत रुपमा उल्लेख गरेर बुझाएको छ।’ यसअघि संसद्मा पेस भएको एमसीसी जस्ताको तस्तै पास गर्ने पक्षमा रहेका प्रधानमन्त्री ओली पनि केही विवादित बुँदा परिमार्जन गर्न सहमत हुनुभएको सचिवालयका एक सदस्यले बताए।

 

Advertisement

प्रतिक्रिया