गेर्खुटारमा वडा कार्यालयको भवन शिलान्यास
गेर्खुटार । विदुर नगरपालिका वडा नम्बर १० को वडा कार्यालयको भवनको शुक्रवार शिलान्यास गरिएको छ ।
वडा कार्यालयको भवनको शुक्रवार विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल, वडाअध्यक्ष गणेश नेपाल लगायतले भवनको शिलान्यास गर्नुभएको हो । विदुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको लागत करिव ५१ लाख रुपैयाँ रहेको वडाअध्यक्ष गणेशकुमार नेपालले बताउनुभयो ।
वडा कार्यालयको शिलान्यास गर्दे विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहालले आफ्नै भवन नभएका वडाहरुमा यो वर्षभित्रै वडा कार्यालय निर्माण गरिने प्रतिवद्धता व्यत्तः गरे ।
निर्माण हुने कार्यालयमा हलसहित चारकोठे पक्की भवन निर्माण हुने बताइएको छ । सो भवन निर्माणको लागि ५१ लाख रुपैयाँ लाग्ने विदुर नगरपालिकाको कार्यालयले जनाएको छ । भवन शिलान्यासले वडा नम्बर १० मा संघियता कार्यान्यनको चरणमा प्रवेश गरेको वडाअध्यक्ष नेपालले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार





प्रतिक्रिया