गेर्खुटारमा वडा कार्यालयको भवन शिलान्यास

विदुर खबर २०७६ फागुन ९ गते १८:११

गेर्खुटार । विदुर नगरपालिका वडा नम्बर १० को वडा कार्यालयको भवनको शुक्रवार शिलान्यास गरिएको छ ।

Advertisement

वडा कार्यालयको भवनको शुक्रवार विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल, वडाअध्यक्ष गणेश नेपाल लगायतले भवनको शिलान्यास गर्नुभएको हो । विदुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको लागत करिव ५१ लाख रुपैयाँ रहेको वडाअध्यक्ष गणेशकुमार नेपालले बताउनुभयो ।

वडा कार्यालयको शिलान्यास गर्दे विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहालले आफ्नै भवन नभएका वडाहरुमा यो वर्षभित्रै वडा कार्यालय निर्माण गरिने प्रतिवद्धता व्यत्तः गरे ।

Advertisement

निर्माण हुने कार्यालयमा हलसहित चारकोठे पक्की भवन निर्माण हुने बताइएको छ । सो भवन निर्माणको लागि ५१ लाख रुपैयाँ लाग्ने विदुर नगरपालिकाको कार्यालयले जनाएको छ । भवन शिलान्यासले वडा नम्बर १० मा संघियता कार्यान्यनको चरणमा प्रवेश गरेको वडाअध्यक्ष नेपालले बताउनुभयो ।

प्रतिक्रिया