सन्चारमन्त्रीको कमिसन सेटिङवारे समाचार छाप्न नमानेपछि नयाँ पत्रीकाका पत्रकार ढुंगानाद्धारा राजिनामा
विदुर खबर
२०७६ फागुन ८ गते ८:२८


पत्रकार ढुङगानाले सामाजिक संजालमा लेखेको स्टाटस ।
नुवाकोट । नयाँ पत्रीका दैनिकका पत्रकार पुष्प ढुंगानाले राजिनामा दिएका छन ।
सन्चारमन्त्री गोकुल बास्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न तयार नभएपछि पदबाट राजिनामा दिएका छन् । सामाजिक सन्जालमा एक पोष्ट लेख्दै पत्रकार ढुंगानाले भनेका छन्, ‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन ।
ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु रु खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु ।’
सम्बन्धित
प्रतिक्रिया