प्रजातन्त्रको रक्षाको लागि सबै एकजुट हुनपर्छ : सरोकारवालाहरु
नुवाकोट । प्रजातन्त्रको रक्षाको लागि सबै एकजुट हुनपर्ने सराकोरवालाहरुले बताएका छन ।
बुधबार नुवाकोटको विदुरमा आयोजित ७० औ रााष्ट्रय प्रजातन्त्र दिवस समारोह कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन । कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङले जनताले खोजेको स्वतन्त्रता अझै नमिलेको बताउनुभयो । तामाङले मुलकले प्राप्ती गरेको उपलब्धीलाई जोगाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले देशको संविधान सबैको साझा दस्तावेज भएको भन्दै सबै मिलेको त्यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । मेयर पण्डितले मुलुक अहिलेपनि संक्रमणको अवस्थामा रहेको भन्दै सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले शासन व्यवस्था राम्रो भएपनि नेतृत्व गर्ने व्यक्तिको चरित्र ठिक नभएको बताउनुभयो । उहाँले देशेको नेतृत्व गर्नेहरुले कानुनको व्याख्या आफु अनुकुल गर्दा समस्या आउने गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका उपमेयर गिता दाहाल अर्याल, नागरिक समाजका अध्यक्ष बाबुराम लामिछाने, नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गिता अमात्य, राप्रपा संयुत्तका नेता रामकृष्ण भट्ट, नेकपा माले नुवाकोटका महासचिव कृष्णहरि गजुरेल। रााष्ट्रिय जनमोर्चाका गोकर्ण रेग्मी लगायतले देशमा लोकतान्त्रिक शासन व्यवस्था लागु भएपनि जनताले त्यसको अनभुति गर्न नपाएको बताएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














“मातृभूमिको पीडामा परदेशी मन”: युएईबाट बाढीपीडितका लागि जुट्यो आर्थिक सहयोग
विदुरका विद्यालय भदौ २४ गतेदेखि खुल्ने निर्णय
भोटेकोशी विपत्तीमा १६ सय ४० गाई-भैसीको क्षति : पशु सेवा विभाग
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका लागि देवीघाटमा भिक्षुहरूको प्रार्थना





प्रतिक्रिया