सरकार कम्युनिष्ट पद्दती तर्फ उम्न्मुख : पौडेल

विदुर खबर २०७६ फागुन ७ गते १७:५४

नुवाकोट । नेपाली कांग्रेसका वष्रिठ नेता रामचन्द्र पौडेलले सरकार कम्युनिष्ट पद्धतीतर्फ लम्किएको बताउनुभएको छ ।

Advertisement

नेपाली कांग्रेस धरान नगरसमितिद्धारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता र्पौडेलले सो कुरा बताउनुभएको हो ।कार्यक्रममा बोल्दै नेता पौडेलले अहिले कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार छ । मैले नेकपाको केन्द्रीय कमिटिको बैठकले पास गरेको दस्तावेज हेरेको थिए ।

उनीहरु राज्य व्यवस्थालाई आफ्नो सिद्धान्त अनुरुप बनाउने तयारीमा छन् । उनीहरु राज्य व्यवस्थालाई आफ्नै ढाँचा लैजानुपर्ने मत कम्युनिष्ट पार्टीको बैठकमा नेताहरुले उठाएका थिए । कम्युनिष्ट नेताहरुले भाषणमा मात्र होइन, अब कम्युनिष्ट पद्दतीलाई अगाडि बढाउन बहस सुरु गरेका छन् । राज्य व्यवस्थालाई अब सर्वसत्तावाद तर्फ उन्मुख गराउदै पौडेलले भने ।

Advertisement

प्रतिक्रिया