नुवाकोटको तादीमा एकसातादेखि दुईदर्जन गोरु वेवारिसे अवस्थामा, तस्करीको आंशका
नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाबाट ठुलो मात्रामा गाईगोरुको तस्कर हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
तादीबाट गाई गोरु तस्कर गरेर लाने क्रममा खरानीटार इलाका प्रहरीले पशु चौपाय खरिद बिक्री केन्द्रका केन्द्रिय उपाध्यक्ष भोलम तामाङको सहयोगमा तस्करीमा संलग्न गाडी तथा ट्रक चालकलाई नियन्त्रणा लिएको छ ।गाउँपालीकाको सातबिसे बजारको हाइड्रो मुहान नजिक २२ वटा गोरुहरु एक दुईसातादेखि ब्याबारिसे अबस्थामा रहेका छन् । तस्करले गोरु तस्करीको आशंकामा ल्याइएको स्थानियबासीहरुले बताएका छन । लामो समयदेखि ठुलो मात्रामा गोरुहरु वेवारिसे अवस्थामा भेटिएपछि स्थानियहरुले अहिले गोरुको रेखदेख गरिरहेका छन ।
स्थानिय अबिनाश भोलन तामाङले अन्यको सहयोगमा गोरुहरुको हेरचार गरिहेका छन । गाउँमा ल्याइएको गोरु कसको हो भन्ने विषयमा जानकारी नभएको उनले बताए ।स्थानियवासीका अनुसार गाउँमा मुस्लिम समुदायका केही व्यक्तिहरु गाई फार्मका लागि गाइगोरु संकलनका भन्दै एकसाताअघि गाउँमा आएका थिए । गाई गोरु लिन आउनेमा सलार्ही हरिवनका फिरोद अंसारी र मकवानपुर जिल्ला घर बताउने भिम सुनार रहेको पशु चौपाय खरिद बिक्री केन्द्रका केन्द्रिय उपाध्यक्ष दुलाल भोलम तामाङले बताए ।
सो विषयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले गोरुको विषयमा अनुसन्धान भइरहेको बताए । थापाले व्यवसाय गर्नका लागि गाउँमा आएर गाइगोरु लैजान खोज्दा कागजपत्र नपुगेकोले गाउँमै रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो व्यवसायको लागि हेटौडा लैजान खाजेको देखिन्छ तर कागजपत्र केही नभएकोले हामीले रोकेका छौ ।
तर स्थानियवासीले भने गाउँमा लामो समयदेखि व्यापक रुपमा गाईगोरु तस्कर भइरहेपनि प्रहरी र प्रशासन मौन रहेको भन्दै असन्तुष्टि व्यत्तः गरेका छन । तस्करहरुले संकलन गरेको गाईहरु स्थानियले घरमा लगेर राखेका छन् भने २४ वटा गाईमध्ये २ ओटा मरेको र २२ ओटा आफुले रेखरेख गरिरहेको स्थानिय अबिनाश भोलन तामाङले बताए । पछिल्लो समय नुवाकोटको विभिन्न स्थानबाट गाईगोरुको धेरै मात्रामा संकलन गरि चीन, भारत र वंगलादेश मासुको लागि निर्यात गर्ने गरिएको छ ।
जालपा न्युजको सहयोगमा
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया