नुवाकोटको तादीमा एकसातादेखि दुईदर्जन गोरु वेवारिसे अवस्थामा, तस्करीको आंशका

विदुर खबर २०७६ फागुन ६ गते १९:३१

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाबाट ठुलो मात्रामा गाईगोरुको तस्कर हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

Advertisement

तादीबाट गाई गोरु तस्कर गरेर लाने क्रममा खरानीटार इलाका प्रहरीले पशु चौपाय खरिद बिक्री केन्द्रका केन्द्रिय उपाध्यक्ष भोलम तामाङको सहयोगमा तस्करीमा संलग्न गाडी तथा ट्रक चालकलाई नियन्त्रणा लिएको छ ।गाउँपालीकाको सातबिसे बजारको हाइड्रो मुहान नजिक २२ वटा गोरुहरु एक दुईसातादेखि ब्याबारिसे अबस्थामा रहेका छन् । तस्करले गोरु तस्करीको आशंकामा ल्याइएको स्थानियबासीहरुले बताएका छन । लामो समयदेखि ठुलो मात्रामा गोरुहरु वेवारिसे अवस्थामा भेटिएपछि स्थानियहरुले अहिले गोरुको रेखदेख गरिरहेका छन ।

स्थानिय अबिनाश भोलन तामाङले अन्यको सहयोगमा गोरुहरुको हेरचार गरिहेका छन । गाउँमा ल्याइएको गोरु कसको हो भन्ने विषयमा जानकारी नभएको उनले बताए ।स्थानियवासीका अनुसार गाउँमा मुस्लिम समुदायका केही व्यक्तिहरु गाई फार्मका लागि गाइगोरु संकलनका भन्दै एकसाताअघि गाउँमा आएका थिए । गाई गोरु लिन आउनेमा सलार्ही हरिवनका फिरोद अंसारी र मकवानपुर जिल्ला घर बताउने भिम सुनार रहेको पशु चौपाय खरिद बिक्री केन्द्रका केन्द्रिय उपाध्यक्ष दुलाल भोलम तामाङले बताए ।

Advertisement

सो विषयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले गोरुको विषयमा अनुसन्धान भइरहेको बताए । थापाले व्यवसाय गर्नका लागि गाउँमा आएर गाइगोरु लैजान खोज्दा कागजपत्र नपुगेकोले गाउँमै रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो व्यवसायको लागि हेटौडा लैजान खाजेको देखिन्छ तर कागजपत्र केही नभएकोले हामीले रोकेका छौ ।

तर स्थानियवासीले भने गाउँमा लामो समयदेखि व्यापक रुपमा गाईगोरु तस्कर भइरहेपनि प्रहरी र प्रशासन मौन रहेको भन्दै असन्तुष्टि व्यत्तः गरेका छन । तस्करहरुले संकलन गरेको गाईहरु स्थानियले घरमा लगेर राखेका छन् भने २४ वटा गाईमध्ये २ ओटा मरेको र २२ ओटा आफुले रेखरेख गरिरहेको स्थानिय अबिनाश भोलन तामाङले बताए । पछिल्लो समय नुवाकोटको विभिन्न स्थानबाट गाईगोरुको धेरै मात्रामा संकलन गरि चीन, भारत र वंगलादेश मासुको लागि निर्यात गर्ने गरिएको छ ।

जालपा न्युजको सहयोगमा
Advertisement

प्रतिक्रिया