सुनको मूल्यमा पुन: ऐतिहासिक रेकर्ड

विदुर खबर २०७६ फागुन ६ गते ११:४५

नुवाकोट । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि यसको भाउमा रेकर्ड माथि रेकर्ड बन्दै जान थालेको छ ।

Advertisement

फागुन ६ गते मंगलबार सुनको मूल्यले पुन: थप रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि लागि छापावाल सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७६ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला प्रतितोला ८९० रुपैयाँ निर्धारण गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउमा प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो। चाँदीको भाउ भने मंगलबार स्थीर रहेर सोमबारकै मूल्यमा कारोबार भैरहेको छ ।
फागुन ५ गते सोमबारका लागि छापावाल सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला प्रतितोला ८९० रुपैयाँ निर्धारण गरिएको थियो।

Advertisement

यसअघि पुस २३ गते सुनको मूल्य ७६ हजार ५०० रुपैयाँ पुगेको थियो। यसपछि फागुन ४ र ५ गते दुई दिन पनि यहि मूल्यमा कारोबार भएकोमा मंगलबार भने सो रेकर्ड समेत तोडिएको हो।

प्रतिक्रिया