नेकपा म्यागङले वडा कमिटि विस्तार गर्दे
नुवाकोट । म्यागङ नेपाल कम्युनिस्ट पार्टी नेकपा संगठन कमिटीले प्रथम वडा भेलाहरु धमाधम गरिरहेकाे छ । वडा नं ३ देउराली संगठन कमिटीका पदाधिकारी एवं सदस्यहरू चयन भएको छ ।
प्रथम भेलाले रामबहादुर तामाङ अध्यक्ष र सचिव लाल बहादुर तामाङ रहने गरि २९ सदस्यीय वडा कमिटी निर्माण भएको हाे । नेकपाका नेता यमकुमार खातीले पार्टीको संगठनमा रहनेले बैचारिक र सैद्धान्तिक रूपमा काम गरेर पार्टी बलियो बनाउनु पर्ने र नागरिकको हर समस्या अाफ्नाे देखेर जनताको काम गर्नुपर्ने बताएका छन् । सरकार भनेको नागरिककाे समस्या र चाहना बुझेर काम गर्ने निकाय भएकोले पार्टीका संगठनले राज्यकोषबाट खर्च ठिक तरिकाले गर्याे या गरेन हेर्ने र गलत गरेको छ भने खबरदारी गर्नुपर्ने दाईत्व रहेको यमकुमार खातीले बताएका छन् ।
जिल्ला सदस्यहरू रामेश्वर खड्का, मेघनाथ तामाङ, सुकबहादुर तामाङ, बिन्दुमाया तामाङ, रामकुमार खड्का लगायतले भेलामा शुभकामना राखेका थिए । काजीमान डंगोल प्रकाश पौडेल, सन्दविर तामाङ, नारायण तामाङ, गाैतम तामाङ, लगायतका स्थानीय नेता कार्यकर्ताकाे उपस्थिति रहेको सचिव सेल्कर तामाङले जानकारी गराएका छन् । यस्तै गरि वडा नं २ बाेमताङमा हिजो ३ गते सन्दबिर तामाङकाे अध्यक्षतामा २९ सदस्यीय कमिटी बनेको छ । सचिवमा चित्रबहादुर तामाङ चयन भएका छन् । यस्तै वडा ४ किम्ताङमा सोमबहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय कमिटी बनेको छ । सचिवमा मानबहादुर तामाङ चयन भएका छन् । बुद्धिबहादुर तामाङकाे सभापतित्वमा भेला सम्पन्न भएको थियोे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया