नेकपा म्यागङले वडा कमिटि विस्तार गर्दे

विदुर खबर २०७६ फागुन ४ गते २१:००

नुवाकोट । म्यागङ नेपाल कम्युनिस्ट पार्टी नेकपा संगठन कमिटीले प्रथम वडा भेलाहरु धमाधम गरिरहेकाे छ । वडा नं ३ देउराली संगठन कमिटीका पदाधिकारी एवं सदस्यहरू चयन भएको छ ।

Advertisement

प्रथम भेलाले रामबहादुर तामाङ अध्यक्ष र सचिव लाल बहादुर तामाङ रहने गरि २९ सदस्यीय वडा कमिटी निर्माण भएको हाे । नेकपाका नेता यमकुमार खातीले पार्टीको संगठनमा रहनेले बैचारिक र सैद्धान्तिक रूपमा काम गरेर पार्टी बलियो बनाउनु पर्ने र नागरिकको हर समस्या अाफ्नाे देखेर जनताको काम गर्नुपर्ने बताएका छन् । सरकार भनेको नागरिककाे समस्या र चाहना बुझेर काम गर्ने निकाय भएकोले पार्टीका संगठनले राज्यकोषबाट खर्च ठिक तरिकाले गर्‍याे या गरेन हेर्ने र गलत गरेको छ भने खबरदारी गर्नुपर्ने दाईत्व रहेको यमकुमार खातीले बताएका छन् ।

जिल्ला सदस्यहरू रामेश्वर खड्का, मेघनाथ तामाङ, सुकबहादुर तामाङ, बिन्दुमाया तामाङ, रामकुमार खड्का लगायतले भेलामा शुभकामना राखेका थिए । काजीमान डंगोल प्रकाश पौडेल, सन्दविर तामाङ, नारायण तामाङ, गाैतम तामाङ, लगायतका स्थानीय नेता कार्यकर्ताकाे उपस्थिति रहेको सचिव सेल्कर तामाङले जानकारी गराएका छन् । यस्तै गरि वडा नं २ बाेमताङमा हिजो ३ गते सन्दबिर तामाङकाे अध्यक्षतामा २९ सदस्यीय कमिटी बनेको छ । सचिवमा चित्रबहादुर तामाङ चयन भएका छन् । यस्तै वडा ४ किम्ताङमा सोमबहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय कमिटी बनेको छ । सचिवमा मानबहादुर तामाङ चयन भएका छन् । बुद्धिबहादुर तामाङकाे सभापतित्वमा भेला सम्पन्न भएको थियोे ।

Advertisement

प्रतिक्रिया