शिवरात्रीको अवसरमा पशुपतिमा साधु को चर्तिकला

विदुर खबर २०७४ फागुन २ गते १४:१५

काठमाडौँ- शिवरात्रीको अवसरमा पशुपतिमा साधु सन्तको चहलपहल बढेको छ । मंगलबार शिवरात्री भए पनि केही दिन अघिबाट नै पशुपतिमा चहलपहल सुरु भएको थियो । पशुपति परिसरमा प्रवेश गर्ने वित्तिकै बाबाजीहरुको क्याम्प सुरु हुन्छ ।

Advertisement

यहाँ साना उमेरका देखि वृद्ध उमेरसम्मका बाबाहरु शिवधुनी जगाएर बसेका छन् । त्यहाँ उनीहरु ‘भोजनके लिए २० रुपैयाँ देदे बाबा पशुपतिनाथ तेरा भला करेगा’ भन्दै हात फैलाइरहेका पनि देखिन्छन् ।

अझ रोचक कुरा त के छ भने केही बाबाहरु भेटीमा बार्गेनीङ गरिरहेका देखिन्छन् ।भक्तजनको निधारमा खरानीको टीका लगाइदिँदै बाबाजी आशिर्वाद दिन्छन् । अघिल्तिरबाट हिँड्ने भक्तजनलाई आकर्षण गर्न तल्लीन छन् ।

Advertisement

शिवजी उत्पत्ति भएको रातका नामबाट परिचित यस पर्वलाई भगवान शिवको पूजा आजा गरी मनाइने गरिन्छ । महाशिवरात्रीमा नेपाल तथा भारतबाट साधु सन्तहरु पशुपतिनाथमा भित्रिएका छन्।

 -RochakKhabar
Advertisement

 

प्रतिक्रिया