दुवै दल आ–आफ्नै अडानमा, सहमति जुटाउने जिम्मा शीर्ष नेतालाई
 
		
	काठमाडौँ । १२ दिनपछि बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषय सुल्झाउन नसकेपछि एकताको जिम्मा दुई अध्यक्षको काँधमा आएको छ ।
मंगलबार तीन घन्टा बसेको बैठकले विवादित विषय किनारा लगाउन नसकेपछि कार्यदलले सुझाएको वैशाख ९ को एकताको तिथि लगभग टरेको संकेत दुवै पार्टीका नेताहरूले दिएका छन् ।
एमाले महासचिव ईश्वर पोखरेलले ‘फाइनल टच दिन बाँकी रहेकाले’ ९ गते नै एकता गर्न असम्भव देखिएको बताए । “भोलिदेखि नै नेताहरू सरकारले सञ्चालन गरेको निरक्षरता उन्मूलन कार्यक्रममा जानुहुन्छ,” उनले भने, “९ गतेलाई असम्भवजस्तै देखिएको छ ।”
आजै प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक बस्ने र थप छलफल गर्ने भएकाले यसै भन्न नसकिने उनको भनाइ थियो । उनले ९ वैशाखको मिति एकता समितिले घोषणा गरेको नभई कार्यदलले दिएको सुझाव भएकाले उक्त मितिमा एकता नभए आश्चर्य मान्न नहुने जिकिर गरे ।
कहाँ अड्कियो गाँठो ?
विवादित विषय दुवै दलले त्यति सार्वजनिक गर्न चाहेका छैनन् । एमाले महासचिवसमेत रहेका पोखरेल विवाद होइन, छलफलका विषय भन्नुपर्ने तर्क गर्छन् । उनले ५० प्रतिशतको हिस्सा माओवादी केन्द्रका नेताले नमागेको बताउँदै चुनाव चिह्न त विवादै नभएको जिकिर गरे । जनयुद्धको सवालमा पनि एमाले प्रष्ट रहेको बताउँदै उनले सामान्यीकरण गरे, “सबैलाई थाहा छ, हामी भिन्न पृष्ठभूमिबाट आएका हौँ । अहिले एकताको प्रक्रियामा छौँ । विगतमा हामी कहाँ थियौँ भनेर पछि समीक्षा गरौँला ।”
त्यस्तै उनले ५०–५० प्रतिशतको हिस्सेदारी बैठकमा उठ्दै नउठेको जिकिर गरे । उनले भने, “एकता प्रक्रियापछि न एमाले रहन्छ, न माओवादी केन्द्र रहन्छ । अलग्गै पार्टी हुने भएपछि यसका यति र उसका उति भन्ने विषय नै रहँदैन ।”
“भित्र माओवादी केन्द्रका अध्यक्ष र महासचिवलगायतका नेता हुनुहुन्छ, हामीले छलफल गर्यौँ । उहाँहरूले यति चाहियो भन्नुभएको छैन,” उनले प्रष्टिकरण दिए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने विवादित विषय दुई अध्यक्ष बसेर टुंग्याउने समझदारी भएको बताउँदै कार्यदलले एकता प्रक्रिया किनारा लगाउन नसकेको संकेत गरे ।
“दुवै कार्यदलले दिएको सुझाव हामीले घनिभूत अध्ययन गर्यौँ,” उनले भने, “कार्यदलले दिएका महत्त्वपूर्ण सुझाव समेट्ने जिम्मा दुवै अध्यक्षलाई दिएका छौँ ।
उनले पनि ९ वैशाखमा पार्टी एकता हुन नसक्ने बताउँदै शीर्ष नेताबीच समझदारी बन्नेबित्तिकै एकता संयोजन समिति बसेर एकताको मिति तय गर्ने जानकारी दिए ।
मंगलबारको बैठकमा अध्यक्ष ओलीका अतिरिक्त एमालेबाट नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रबाट प्रचण्डका अतिरिक्त श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया