अवैध काठसहित नुवाकोटको राइसिंहबाट दुई पक्राउ
नुवाकोट । डिभिजन वन कार्यालय नुवाकोटले अवैधरुपमा लैजान लागेको एक गाडी काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
विदुर नगरपालिका–१३ को आमथाङबाट विदुर–८ राइसिंहतर्फ ल्याउँदै गरेको ४६ गोलिया काठ बोकेको बा ५ ख १५६७ नंं को मिनीट्रकसहित त्यसका चालक र धनीलाई प्रहरीको सहयोगमा वन कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सो ट्रकका चालक विदुर–१२ का २३ वर्षीय शुक्रमान तामाङ र गाडी धनी २५ वर्षीय अमृत थापा रहेको वन कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कानूनी कारवाहीका लागि अनुसन्धान गर्न जिल्ला वन कार्यालय नुवाकोटले ‘वन ऐन’ अनुसार जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाएको वन कार्यालयका प्रमुख जयमङ्गल प्रसादले जानकारी दिनुभयो । उहाँका अनुसार बरामद भएका ४१ गोलिया सालको काठ र पाँच गोलिया चिलाउनेको काठको परिणाम निकाल्न बाँकी छ ।
अहिले बरामद काठ १०० क्युफिट रहेको अनुमान गरिएको र ल्याउन बाँकी रहेको काठको समेत खोजी भइरहेकाले परिणाम यकिन भन्न नसकिने उहाँले बताउनुभयो । काठको व्यावसायिक कटान, सङ्कलन, ओसारपसारको लागि वन कार्यालयको अनुमति अनिवार्य भए पनि त्यसको उल्लङ्घन गरेकाले ओसारपसार भएको काठ अवैध मानिएको छ । कटान भएर ल्याउन बाँकी रहेको काठ र त्यसमा संलग्न अन्य व्यक्तिको वन कार्यालय र प्रहरीले खोजी गरिरहेको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नयाँ वर्ष सन् २०२६ सुरु
आज १३ औँ राष्ट्रिय टोपी दिवस मनाइँदै
पेट्रोलको मूल्य ४ रुपैयाँले घट्यो
बट्टारमा पृथ्वीनारायण शाहको शालिक अनावरण
तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना





प्रतिक्रिया