राधी विद्युत् कम्पनीको नाफा २१ प्रतिशत बढ्यो

विदुर खबर २०७६ माघ २९ गते १८:५७

नुवाकोट । राधी विद्युत् कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले रू. ४ करोड ३४ लाख ९४ हजार खुद नाफा गरेको छ ।

Advertisement

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा २१ प्रतिशत बढी भएको हो । गत वर्ष कम्पनीले रू. ३ करोड ५८ लाख ४४ हजार नाफा गरेको हो ।

यस वर्ष कम्पनीको आम्दानी पनि गत वर्षभन्दा साढे सात प्रतिशत बढी रू. ८ करोड ७१ लख ५७ हजार भएको छ । कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार पुगेको छ । यसवर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरण गरेको हो । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष १४ प्रतिशत बढी कायम भएको छ ।

Advertisement

गत वर्ष रू.१३ करोड ४१ लाख रहेको जगेडा कोष रकम यस वर्ष रू.१५ करोड ३२ लाख कायम भएको छ । गत वर्ष यस अवधिसम्म रू.१५ दशमलव ९४ रहेको कम्पनीको प्रतिशेयर आम्दानी यस वर्ष रू.१८ दशमलव ३७ पुगेको छ ।

प्रतिक्रिया