मेला र महोत्सवको नाममा लुट भइरहेको छ

विदुर खबर २०७६ माघ २९ गते ८:०२

                                                                रिना खनाल

‘धार्मिक ऐतिहासिक कला, संस्कृतिको सम्बद्र्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन’ भन्ने मूलनारा लिएर छैँटौ नुवाकोट महोत्सव सोेमबार सम्पन्न भएको छ । १२ दिनसम्म संचालन भएको महोत्सव गानाबजान र नाँच गानमै सिमित हुन पुगेको छ ।

Advertisement

केही दिन अघि मलाई महोत्सवमा सहभागी हुने अवसर जु¥यो । महोत्सवमा भाग लिइरहँदा प्रदर्शनमा राखिएका तस्बिरहरुबाट नुवाकोटका अरु विशेषता छायामा परेका हुँदा केवल त्यही पुुरातात्विक तथा सांस्कृतिक सात तले दरवार हो कि भनेजस्तै भयो । नुवाकोटमा अरु थुप्रै सम्पदा छन् र महोत्सवले तिनलाई प्रकाशमा ल्याउन सक्नु पथ्र्यो र पर्छ । नुवाकोटमा सात तले दरवार मात्र छैन, अरु पनि सम्पदा छन् ।

महोत्सव स्थल प्रवेश गर्दा ढोकैबाट प्रष्टै देखिन्थ्यो, स्टलहरु रित्ता रित्तै । व्यवस्थापन त्यस्तै फितलो । कुन स्थानमा कुन स्टल राख्दा राम्रो हुन्छ भन्ने व्यवस्थापकीय जानकारी र सौन्दर्य बोध नभएर यस्तो भएको हो भने आयोजकहरुले सर्वप्रथम महोत्सव व्यवस्थापन सम्बन्धी तालिम लिनु राम्रो हुन्छ । झन् महोत्सव आयोजनमा स्थानीय तहहरुको समेत सहभागिता रहेको हुँदा व्यवस्थापन चुस्त दुरुस्त होला भन्ने कामना गरिनु स्वाभाविक हुन्छ । जिल्लामा उत्पादित वस्तु र पहिचानमा सघाऊ पुग्ने मौलिक कलाहरुको प्रदर्शनीमा कमी देखियो । साथै प्रचार प्रसारमा पनि कमी देखियो । किन जिल्ला भित्र पनि प्रचुर प्रसार गर्न सकिएन ? या सञ्चारमाध्यमहरुले प्रचारमा बेवास्ता गरे तथा गरे भने किन गरे ? कुनै पनि स्थानलाई चिनाउनको लागि महोत्सव एक सशक्त माध्यम हो निश्चय नै । नुवाकोटमा महोत्सव गरिएको यो समेत छैटौँ पटक हो । महोत्सव अनुवभ राम्रै हुनपर्ने हो । विशेष गरी यस्ता महोत्सवहरु जिल्ला वा तत्स्थानका ओझेलमा परेका कुराहरु बाहिर ल्याउने, कृषि, पर्यटन, उद्योग, भौतिक र वैज्ञानिक रुपमा छलाङ मार्ने उद्देश्यले एवं चेतना विस्तार गर्ने प्रयोजनले गरिएका हुन्छन् । गर्ने पनि यही नै हो । तर आयोजनका दृष्टिले महोत्सव मात्र रमाइलो र औपचारिकताका लागि गरिएको प्रतीत भयो ।

Advertisement

महोत्सवमा नुवाकोट ऐतिहासिकता बारे शालीन प्रस्तुति गर्न सकिन्थ्यो । पृथ्वीनारायण शाहले यहींको दरबार (जो अहिले संग्रहालय बनाइएको छ ) बाट २५ वर्ष शासन गरेका थिए, शीतकालीन राजधानीका रुपमा । साततले दरवार आफैँमा एउटा जीउँदो इतिहास हो । ऐतिहासिक र सांस्कृतिक हिसाबले पनि निकै प्रख्यात रहेको छ, त्यसैकारण संग्रहालय बनाइएको हो । काठमाडौंलाइै मन्दिर नै मन्दिरको शहर भने जस्तै नुवाकोट पनि मन्दिर नै मन्दिरको गाउँ हो । राजधानी र नुवाकोटमा नेवार समुदायबीच धेरै समानता रहेको पाइन्छ । साथै उनीहरुको संस्कारमा पनि समानता छ । नुवाकोटमा रहेका स्थलहरुको नामबाट काठमाडौँका कतिपय स्थानहरुको नामकरण गरिएको पाइन्छ । नुवाकोट दरवार घुम्न जाँदा ऐतिहासिक साततले दरवार परिसर अन्र्तगत रहेको तुलजा भवानी, रंगमहल, गारद् घर, देवी भैरवी, कालिका, मालिका मन्दिरको दर्शन तोपखानाबाट धरमपानीसम्म जिपलाईनमा मज्जा लिन सकिन्छ । साथै मालिकाको फेदीबाट सेरासम्म प्याराग्लाइडिङ गर्न सकिन्छ । त्यस्तै दुप्चेश्वरको दर्शन गर्न जाँदा बाटोमा आलुको पकेट क्षेत्र ढिकुरेमा आलुका परिकारहरुको स्वाद लिन सकिन्छ । त्यस्तै, समुन्द्रटारमा सामुन्द्रिक चामलको बासनादार खानाको स्वाद चाख्न पाइन्छ ।

आजभोलि विभिन्न चाडपर्व र बिषय बनाएर महोत्सव आयोजना गर्ने चलन बढ्दो छ । पर्यटन, उद्योग, कला, संस्कृति, ब्यापार, कृषि जस्ता विभिन्न नारा दिएर महोत्सवको आयोजना गरिए पनि खास गरी गीत, संगीत प्रस्तुतीको बोलवाला देखिन्छ । यो कतै छिपेको छैन । यस्ता प्रकृतिका कार्यक्रमहरुको आयोजना गर्दा आय व्ययबारे सार्वजनिक चासो रहेता पनि आयोजकले यस पक्षलाई गौण राख्दै आएका छन् । यसले समाजमा नकारात्मक सन्देश दिँदै आएको छ । कार्यक्रमहरुको आम्दानी र खर्चबारे आवाज उठे तापनि स्थानीय तहले खासै चासो दिएको पाईँदैन ।

Advertisement

महोत्सव र मेलाको नाममा कालोबजारी र गुणस्तरहीन बस्तुहरुको व्यापार हुँदै आएको छ । यस्ता महोत्सवमा प्रवेश टिकटको व्यवस्था गरिन्छ र दर्शकसँग रकम असुलिन्छ । एकातिर प्रवेश वापत रकम असुल्ने र अर्कोतर्फ भित्र प्रवेश गरेपछि बस्तुको मुल्यमा कुनै सीमा नहुने भएपछि सामान खरिदमा कसैको चासो देखिँदैन । मेला भनेको ग्राहकलाई छुट दिनुपर्ने ठाउँ हो । तर यहाँ त लुट भइरहेको भान भयो ।

महोत्सव र मेलाको नाममा कालोबजारी र गुणस्तरहीन बस्तुहरुको व्यापार हुँदै आएको छ । यस्ता महोत्सवमा प्रवेश टिकटको व्यवस्था गरिन्छ र दर्शकसँग रकम असुलिन्छ । एकातिर प्रवेश वापत रकम असुल्ने र अर्कोतर्फ भित्र प्रवेश गरेपछि बस्तुको मुल्यमा कुनै सीमा नहुने भएपछि सामान खरिदमा कसैको चासो देखिँदैन । मेला भनेको ग्राहकलाई छुट दिनुपर्ने ठाउँ हो । तर यहाँ त लुट भइरहेको भान भयो । कुनै पनि मेला तथा महोत्सवमा यति करोड रुपैयाँ व्यापार भएको भन्ने समाचार बाहिर आउँछ । स्थानीय उत्पादन बिक्री गरेर करोडाँै व्यापार भएको हो कि वा अन्य बन्दव्यापारबाट भएको हो ? हचुवाको भरमा यति र उति भन्ने बानी प्रवृत्तिकै रुपमा अघि बढिरहेको छ । पर्यटन प्रबद्र्धन भन्ने नारा लिएर प्रचार प्रसार गरिएको हुन्छ तर यर्थाथमा महोत्सवमा सहभागीहरुले कति जनाले कुन–कुन पर्यटकीयस्थलहरुको अवलोकन गरे भन्ने कुरा गौण राखिन्छ । नाचगान र संगीतका नाममा स्टेजका देखाइने प्रचलन बढ्दो छ ।

कुनै पनि संघ संस्थामा विकास र परिवर्तन भइरहन्छ । साथै व्यतिm र नेतृत्व पनि फेरिइरहन्छ । नेतृत्वले आफ्नो कार्यकालमा कुनै विशेष कार्य गरेर इतिहास रच्न चाहन्छन् वा केही छाप छोड्ने चाहना हुन्छ । कतिपय नेतृत्व सफल त कोही असफल । तर चाहना चाहिँ राम्रैको लागि र फाइदाकै हुनुपर्छ । ती कार्यहरु गर्नुको उद्देश्य भनेकै कीर्ति राख्न नै हो । कतिपय संस्थामा बेमेलको कारण पनि सदस्य–सदस्यबीच रवाफ देखाउने प्रवृत्तिसमेत देखियो ।

महोत्सव गराँै, पर्व मनाऔँ, मेला गराँै, पर्यटनको प्रबद्र्धन गराँै, कृषिजन्य उत्पादनको प्रर्दशन गराँै, हेलिकप्टर चढाँै, प्याराग्लाइडिङ गरौँ, जीपलाइन चढाँै, डोकानाम्ला, डाला, थुन्चे, ठेकी देखाऔँ, लुकेका संस्कृतिलाई उजागर गरौँ । साथै स्थानीयता पनि नबिर्सौंं । यस्ता मेलाहरुमा विभिन्न जातजातिका भेषभूषा, उनीहरुका परिकारहरु पस्कन सकौँ, जसले पहिचान झल्काउनसमेत सघाऊ पु¥याओस् । यस्तो होइन भने हजाराँै हजार रुपैयाँ शुल्क तिरेर किन कलाकारहरु किन ल्याउनु प¥यो ? महोत्सव भन्ने बित्तिकै जिल्लामा आयोजित बृहत मेला हो । लोपोन्मुख कला संस्कृतिको जगेर्ना गर्नुका साथै स्थानीय उत्पादनलाई बढावा दि महोत्सव भन्ने बित्तिकै जिल्लामा आयोजित बृहत मेला हो । मेला महोत्सवले जिल्लामा भएका लोपोन्मुख कला संस्कृतिको जगेर्ना गर्नुका साथै स्थानीय उत्पादनलाई बढावा दिनुपर्छ ।

प्रतिक्रिया