धेरै रोजगारी दिनेदेखि धेरै निर्यात गर्नेसम्म सम्मानित, कसको कति योगदान ?

विदुर खबर २०७६ माघ २८ गते २०:०३
Bidur Khabar

Bidur Khabarकाठमाडौं ।  सरकारले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने २५ जना उद्योगी व्यवसायीलाई सम्मान गरेको छ ।

Advertisement

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले छनोट गरिएका ठूला निर्यातकर्ता, धेरै रकम लगानीकर्ता तथा धेरै रोजगारी सिर्जना गर्ने उद्योगी व्यवसायीलाई  महत्वपूर्ण व्यवसायिक व्यक्ति वर्ष पुरस्कारबाट सम्मानित गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक समारोहकाबीच उक्त सम्मान प्रदान गरे ।

भारत तथा चीन एवं तेस्रो मुलुकमा निकासी गर्ने, धेरै लगानी गर्ने, धेरै कृषि वस्तु तथा जडिबिुटी निर्यात गर्ने, धेरै रोजगारी प्रदान गर्ने लगायतका कुल १३ विधामा २५ उद्योगी व्यवसायीलाई सरकारले सम्मान गरेको हो ।

Advertisement

निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उलेख्य योगदान पुर्‍याएको भन्दै सरकारले नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष  राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरलाई पनि सम्मानीत गरेको छ ।

सम्मानित हुनेहरुले महत्वपूर्ण व्यवसायिक व्यक्तिको लोगो, प्रतिक चिन्ह र परिचय पत्रसहित, वाणिज्य बैठक र छलफलमा सहभागीताका लागि प्रथमिकता, देश विदेशमा हुने मेला छलफलमा सहभागिता जनाउन पहिलो रोजाईमा पर्नेछन् ।

Advertisement

सम्मानित हुनेहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आईसीपी लवी र अन्तरिकमा भीआईपी लबीको सुविधा प्रयोगको अवसर पाउने छन् ।

कुन विधामा को सम्मानित ?

तेस्रो मुलकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेका प्रथम ५ वस्तुहरूको सबैभन्दा बढी बस्तु निकासी गर्ने विधामा सम्मानित हुनेहरु

धागो – रामचन्द्र संघई, अध्यक्ष, त्रिवेणी स्पिनिङ मिल्स प्रालि छाता पिपरा, बारा ।

योगदान रकम- ३ अर्ब ५६ करोड २९ लाख ।

ऊनी गलैंचा-दोर्जे ग्याल्सेन लामा, प्रवन्ध सञ्चालक, दि सांग्रिला काट एण्ड ह्याण्डीक्राफ्टस इण्डष्ट्रीज प्रालि बौद्ध, काठमाडौं ।

योगदान रकम ९४ करोड १७ लाख ।

तयारी पोशाक- राहुलमान शाक्य, प्रबन्ध निर्देशक, काठमाडौं स्टार फेसन प्रालि हात्तीवन, ललितपुर ।

योगदान रकम- ८२ करोड ८७ लाख ।

उनी पश्मिना सल- सूर्यकुमार गुरुङ , सञ्चालक अध्यक्ष, एभरेष्ट पश्मिना निटिङ एण्ड विभिड ईण्डष्ट्रीज प्रालि गोदावरी ।

साभार : अनलाइन खबर ।

प्रतिक्रिया