काँग्रेसले दिगो विकासलाई अगाडि बढाउनुपर्छ : पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका कामलाई प्राथमिकता नदिएको भन्दै काँग्रेसले लोकतान्त्रिक ढङ्गबाट दिगो विकासलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
सेन्टर फर डेमोक्रटिक इञ्जिनीयर्स नेपाल (सिडेन) ले आयोजना गरेको ‘दिगो पूर्वाधार विकास राजनीति, अर्थतन्त्र र वातावरण’ विषयक दुईदिने सम्मेलनको समापन गर्दै वरिष्ठ नेता पौडेलले विकासका लागि लोकतान्त्रिक शक्तिहरु एक जुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दुई तिहाइको सरकारले पनि जनताको काम गर्न सकेको छैन, यस्तो बेलामा काँग्रेस एकजुट भएर दिगो विकासमा जुट्नुको विकल्प छैन ।”
काँग्रेसका नेता एनपी साउदले काँग्रेसले आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्दै देश र जनताको पक्षमा कटिबद्ध भएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेता साउदले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै भ्रष्टाचार मौलाउँदै गएको छ भन्नुभयो । सिडेनका अध्यक्ष शङ्कर पण्डितले मुलुकमा राजनीतिक स्थिरता हुँदा विकासले गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा सात प्रदेश र ७७ जिल्लाका गरी २५० भन्दा बढी इञ्जिनीयरको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया