नुवाकोटमा चोरी गरेर भागेकी नम्रता दोलखाबाट पक्राउ
विदुर खबर
२०७६ माघ २० गते ९:५७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीबाट चोरी गरेर भागेकी दोलखाकी नम्रता श्रेष्ठ पक्राउ परेकी छन ।
उनलाई जिल्ला प्रहरी कार्यालय दोलखाले भिमेश्वर नगरपालिका वडा नम्बर ६, स्थित सातदोबाटोबाट पक्राउ गरेको हो । त्रिशुलीका होटल व्यवसायी हिराकृष्ण श्रेष्ठको घरमा काम गर्न वसेकी उनले गत पौष १५ गते घरमा कोही नभएको मौकामा दराजमा राखेको करिव १४ तोला सुन र दुई लाख रुपैयाँ लिएर भागेकी थिइन ।
उनलाई ज्रिल्ला प्रहरी कार्यालय दोलखा र नुवाकोट प्रहरीको संयुत्त टोलीले फोन कल डिटेलको आधारमा पक्राउ गरेको हो । उनलाई गर–गहनासहित दश लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई आईतबार जिल्ला प्रहरी कार्यालयमा दासखला गरि थप अनुसन्धानको लागी जिल्ला अदालत नुवाकोटबाट ७ दिनको म्याद थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया