नुवाकोट महोत्सवमा केराको म:म सबैको रोजाइमा पर्दै

विदुर खबर २०७६ माघ १८ गते २१:३८

नुवाकोट । नुवाकोटमा जारी छैठौं नुवाकोट महोत्सवमा केराको मम निकै लोकप्रिय बनेको छ ।

Advertisement

बिहिबारदेखि शुरु भएको महोत्सवमा अन्य स्टलको तुलनामा केराको मम पाइने स्टलमा अवलोकनकर्ताहरुको भिड लागिरहेको छ । स्टलमा राखिएको केराको मम, पकौडा लगायतका परिकार खान स्टमा भिड लाग्ने गरेको छ ।
विशेष त नुवाकोट मात्रै नभइ समग्र नेपालमै धेरै खाइने खाजा ममको स्वाद फेरिने र नयाँ स्वाद लिनको लागि भएपनि केराको ममतर्फ अवलोकनकर्ताहरु आर्कषित भएका हन् । आकुरा कृषि फर्म विदुर नगरपालिका वडा नम्बर २ ले महोत्सवमा केराको मम, पकौडा लगायतको स्वाद अवलोकन कर्तामाझ ल्याएको हो ।

जिलिङबाट महोत्सव अवलोकनको लागि आउनुभएकी संगिता रिजालले केराको मम र पकौडा नौलो लागेका बताउनुभयो । उहाँले केराको मम हुन्छ भन्ने आफुलाई यसअघि थाहा नभएकोले केराको मम खान आएको बताउनुभयो । उहाँले केराको ममको स्वाद नौलो लागेको बताउनुभयो ।त्यस्तै गेर्खुबाट महोत्स हेर्न आएका रामप्रसाद चालिसेले पनि केराको मम नया्रँ लागेकोले चाख्दा मिठै लागेको बताउनुभयो । अरु मममा हामीले खाने गरेका थिएनौ, केराको भनेपछि खायौँ मिठो लाग्यो, उहाँले भन्नुभयो । यि दुई पात्रजस्तै नुवाकोटमा जारी छैठौं नुवाकोट महो्रत्सवमा केराको स्वाद चाख्नेहरु दिनप्रतिदिन बढ्दै गरेको आकुरा कृषि फर्मका संचालकले बताए ।

Advertisement

उनले महोत्सवमा केराको मम, पकौडा लगायतका चिजमा मानिसहरुको आर्कषण बढेको बताए । उनले मेला महोत्सवले स्थानिय उत्पादनलाई विशेष प्राथमिकता दिए कृषि कृषकहरुमा हौसला प्रदान हुने बताए । उनलाई नुवाकोट उद्योग वाणिज्य संघले निशुल्क स्टल प्रदान गरेर केराको परिकारहरुको प्रर्वद्धन गनर्् सघाउ पुराएको उनी बताउँछन ।

प्रतिक्रिया