नुवाकोट महोत्सवमा केराको म:म सबैको रोजाइमा पर्दै
नुवाकोट । नुवाकोटमा जारी छैठौं नुवाकोट महोत्सवमा केराको मम निकै लोकप्रिय बनेको छ ।
बिहिबारदेखि शुरु भएको महोत्सवमा अन्य स्टलको तुलनामा केराको मम पाइने स्टलमा अवलोकनकर्ताहरुको भिड लागिरहेको छ । स्टलमा राखिएको केराको मम, पकौडा लगायतका परिकार खान स्टमा भिड लाग्ने गरेको छ ।
विशेष त नुवाकोट मात्रै नभइ समग्र नेपालमै धेरै खाइने खाजा ममको स्वाद फेरिने र नयाँ स्वाद लिनको लागि भएपनि केराको ममतर्फ अवलोकनकर्ताहरु आर्कषित भएका हन् । आकुरा कृषि फर्म विदुर नगरपालिका वडा नम्बर २ ले महोत्सवमा केराको मम, पकौडा लगायतको स्वाद अवलोकन कर्तामाझ ल्याएको हो ।
जिलिङबाट महोत्सव अवलोकनको लागि आउनुभएकी संगिता रिजालले केराको मम र पकौडा नौलो लागेका बताउनुभयो । उहाँले केराको मम हुन्छ भन्ने आफुलाई यसअघि थाहा नभएकोले केराको मम खान आएको बताउनुभयो । उहाँले केराको ममको स्वाद नौलो लागेको बताउनुभयो ।त्यस्तै गेर्खुबाट महोत्स हेर्न आएका रामप्रसाद चालिसेले पनि केराको मम नया्रँ लागेकोले चाख्दा मिठै लागेको बताउनुभयो । अरु मममा हामीले खाने गरेका थिएनौ, केराको भनेपछि खायौँ मिठो लाग्यो, उहाँले भन्नुभयो । यि दुई पात्रजस्तै नुवाकोटमा जारी छैठौं नुवाकोट महो्रत्सवमा केराको स्वाद चाख्नेहरु दिनप्रतिदिन बढ्दै गरेको आकुरा कृषि फर्मका संचालकले बताए ।
उनले महोत्सवमा केराको मम, पकौडा लगायतका चिजमा मानिसहरुको आर्कषण बढेको बताए । उनले मेला महोत्सवले स्थानिय उत्पादनलाई विशेष प्राथमिकता दिए कृषि कृषकहरुमा हौसला प्रदान हुने बताए । उनलाई नुवाकोट उद्योग वाणिज्य संघले निशुल्क स्टल प्रदान गरेर केराको परिकारहरुको प्रर्वद्धन गनर्् सघाउ पुराएको उनी बताउँछन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया