नुवाकोट जेसीजको छैठौं पदस्थापना कार्यक्रम सम्पन्न

विदुर खबर २०७६ माघ १८ गते १९:३२

बट्टार । नुवाकोट जेसीजको छैठौं पदस्थापना तथा पुरस्कार वितरण समारोह शुक्रबार सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व शहरी विकास मन्त्रि अर्जुननरसिंह केसी, नुवाकोट जेसीज वर्ष २०१९ का अध्यक्ष दुर्गाराज पाठकलगायतले कार्यक्रमको संयुत्त रुपमा उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै नेता केसीले युवाहरुको क्षमता र व्यत्तित्व विकासमा जेसीजले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले देशमा अजारकता बढेको भन्दै विधिको शासन कायम गन्र्र सबै युवाहरु एकजुट हुनुपर्ने समय आएको बताउनुभयो

त्यस्तै कार्यक्रममा नुवाकोट जेसीज वर्ष २०१९ का अध्यक्ष दुर्गाराज पाठकले आफ्नो कार्यकालमा जेसीजलाई चलायमान बनाएको तथा संस्थामा युवाहरुको आर्कषण बढाउन आफ्नो कार्यकाल खर्चिएको बताउनुभयो । उहाँले जेसीजजस्तो विशुद्ध सामासजक संस्थामा आवद्ध हुन सबै युवाहरुलाई आग्रह गर्नुभयो ।

Advertisement

कार्यक्रममा गत महिना भएको निर्वाचनबाट निर्विरोध रुपमा चयन भएका पदाधिकारी तथा मनोनित भएकाहरुलाई नुवाकोट जेसीज वर्ष २०१९ का अध्यक्ष दुर्गाराज पाठकले पद तथा गोपनियताको सपथ ग्रहण खुवाउनुका साथै नुवाकोट जेसीज वर्ष २०२० का अध्यक्ष श्रीकृष्ण आचार्यलाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै नुवाकोट जेसीज वर्ष २०२० का अध्यक्ष श्रीकृष्ण आचार्यले आफ्नो एक वर्षको कार्यकालमा युवाहरुको व्यत्तित्व विकासलाई प्राथमिकता दिने र जेसीजको दायराला्रई फराकिलो बनाउने बताउनुभयो । आचार्यले आगामी दिनमा जेसीजको दायरालाइ्र्र फराकिलो बनाउने, जेसीजमा युवाहरुको आवद्धता बढाउने, जिल्लाका सबै स्थानिय तहसँग सहकार्य गरेर अघि बढ्ने, जिल्लामा रहेका विद्यार्थीहरुलाई सरकारले यातायात क्षेत्रमा दिएको ५० प्रति सहुलियतलाई कार्यान्यन गर्न सबै सरोकारवाला निकायहरुसँग समन्वय गर्ने र जिल्लामा रहेका एम्बुलेन्सहरुलाई सबै समयमा संचालन गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैबिच शुक्रबार नै जेसीज नुवाकोटको कार्यसमितिले पुर्णता पाएको छ । नुवाकोट जेसीज वर्ष २०२० का अध्यक्ष श्रीकृष्ण आचार्यले कानुनी सल्लाहकारमा अञ्जली पाण्डे,महासचिवमा अरुणराज पाठक,कोषाध्यक्षमा राजकुमार आचार्यलाई मनोनित गरेसँगै जेसीज नुवाकोटको समिति पुर्ण भएको छ । यसअघि निर्वाचनमार्फत कार्यकारी उपाध्यक्षमा निखिल उप्रेती, रामधन ढकाल, उपाध्यक्षमा नमराज सुवेदी, सुरज सिलवाल,अनुजमान श्रेष्ठ, सुनिता अधिकारी निर्विरोध निर्वाचित भइसकेका छन ।

Advertisement

कार्यक्रममा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गाेकुल सापकाेटा ,मात्रिशाखा शाँखु का अध्यक्ष सराेज कुईकेल ,राष्ट्रिय महासचिव टेकराज रेग्मीले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे । कार्यक्रममा जेपाल जेसिज क्षेत्र ग का विभिन्न शाखाका शाखा अध्यक्षहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा जेसीज नुवाकोटलाई सहयोग गर्ने तथा विभिन्न माध्यमबाट योगदान पुराउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया