छैठौं नुवाकोट महोत्सव आजबाट शुरु, पुर्व राष्ट्रपति यादवद्धारा उद्धघाटन

विदुर खबर २०७६ माघ १६ गते १९:३२

नुवाकोट । छैठौं नुवाकोट महोत्सव आजबाट शुरु भएको छ ।

Advertisement

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनमा भएको महोत्सवको पुर्व राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोलदै पुर्व राष्ट्रपति डा. रामवरण यादवले तराई क्षेत्रको जल, जमिन , जंगलको विनास भएको भन्दै त्यसलाई नरोके ठुलै क्षति निम्तने बताउनुभयो । उहाँले तराई क्षेत्रमा तिव्र रुपमा वन विनास भएकोले तराई मरुभुमी बन्न लागेको अवस्थामा पनि सरोकारवाला निकायले ध्यान नदिएको भन्दै दुखेसो व्यक्त गर्नुभयो ।

त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले स्थानिय कला, भाषा र संस्कृतिको प्रचारप्रसार र प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो । अध्यक्ष कार्कीले महोत्सवमा स्थानिय उत्पादनलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । १० दिनसम्म संचालन हुने महोत्सवमा करिव ३ करोड रुपैयाँको कारोवार गर्ने लक्ष्य राखेको समेत अध्यक्ष कार्कीले बताउनुभयो ।

Advertisement

महोत्सवका विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरुले विभिन्न प्रस्तुती दिनेछन ।

प्रतिक्रिया