गल्छी–त्रिशुली सडक आयोजनालाई झड्का, साविक गेर्खुका प्रभावितलाई मुअब्जा दिन निर्देशन

विदुर खबर २०७६ माघ १२ गते २१:०८

नुवाकोट । सर्वाेच्च अदालतले गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजनालाई नराम्रो झड्का दिएको छ । कारण सर्वाेच्च अदालतले दिपक कार्कि र सुष्मलता माथेमाकाे ईजलासले साविक गेर्खु गाविस वडा ४, ५, ६ र ९ का एकसय ४४ जग्गाधनीलाई सडकको केन्द्रविन्दुबाट दायाँबायाँ १५÷१५ मिटरनै मुआब्जा दिन निर्देशन गरेको छ ।

Advertisement

आईतबार सर्वाेच्चले सडक विस्तारबाट प्रभावित परिवारलाई मुअब्जा दिन आयोजनालाई निर्देशन दिएको छ । स्थानियबासीले ‘गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना’ मार्फत भइरहेको सडक निर्माणको काम अदालतको आदेशपछि गेर्खु क्षेत्रमा गत कात्तिक २५ गतेदेखि रोकिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको आईतबार प्रभावितलाई मुअब्जा दिने निर्णइ गरेपछि स्थानियबासीले न्यायलयले जनताको मर्म अनुसार निर्णय गरेको बताएका छन । स्थानिय महेन्द्र प्याकुरेलले सर्वाेच्चले कानुनी शासनको प्रत्याभुति दिलाएको भन्दै खुसी व्यत्त गरे ।

गल्छी सडकआयोजनालाई काम रोक्न सर्वाेच्च अदालतको निर्देशन

यसअघि सडक आयोजनाले ढुङ्गेदेखि बेत्रावतीसम्मको छ किलोमिटर दूरीको केन्द्रबिन्दुबाट दायाँबायाँ १०÷१० मिटरको नदिई पाँच÷पाँच मिटरको मात्र मुआब्जा दिने ताएको थियो । केन्द्रबिन्दुबाट १०÷१० मिटर सडक यसअघि त्रिशूली–धुञ्चे सहायक मार्ग विस्तार गर्ने क्रममा सरकारको नाममा आइसकेको आयोजना पक्षको दाबी छ । जग्गाधनीले यसअघि मुआब्जा नदिई सडक विस्तार गरेका कारण अहिले १५÷१५ मिटर जग्गाको मुआब्जा पाउनुपर्ने माग गर्दे सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

Advertisement

तर आयोजनाले रााष्ट्रिय गौरवको आयोजना भएकोले अवरोध नगर्न भन्दै प्रहरी परिचालन गरेर नै सडक विस्तारको काम संचालन गरिरहेको थियो । सो क्रममा सडक निर्माणमा अवरुद्ध गरेको भन्दै विभिन्न चरणमा जनप्रतिनिधिसँगै एक दर्जनभन्दा बढीलाई पक्राउ गरेको थियो । राष्ट्रिय प्रथामिकता प्राप्त आयोजनाको रूपमा चीनसँग नेपाल हँुदै भारतसम्म जोड्ने त्रिदेशीय मार्गको रुपमा विस्तार भइरहेको गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकको काम हाल करिव ६० प्रतिशत पूरा भएको छ । सडक निर्माणका क्रममा मुआब्जा, विद्युतीय पोल, घर–टहरा, वन क्षेत्रलगायत समस्याले काम गर्न गाह्रो भएको निर्माणको जिम्मा पाएको कालिका÷तुदी कन्स्ट्रक्सनले जनाएको छ ।

गेर्खुटारबाट वडासदस्यसहित ४ जना पक्राउ

सर्वाेच्च अदालतको यो निर्णयसँगै देशभरका राष्ट्रिय सडक आयोजनका प्रभावितहरुको लागि पनि यो निर्णय नजिरको रुपमा स्थापित हुनेछ । नुवाकोटको सबैभन्दा केन्द्र मानिने गङ्गटेदेखि ढुङ्गेसम्मका प्रभावितहरुलाई पनि सर्वाेच्च अदालको यो निर्णयले राहात महसुस गराएको छ । उनीहरुपनि अहिले सर्वाेच्च अदालतको ढोका ढकढकाउने तयारीमा लागेका छन ।

मुआब्जा विवादले गल्छी–त्रिशूली–रसुवागढी सडक विस्तार प्रभावित

Advertisement

प्रतिक्रिया