भैरवी मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा

विदुर खबर २०७६ माघ १२ गते ८:३८

                                                                                 फाईल फोटो ।

नुवाकोट ।  विदुर नगरपालिका २ स्थित पुरानो सदरमुकाम डाँडामा रहेको लिच्छविकालीन भैरवी मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

Advertisement

जिल्लाको ठूलो शक्तिपीठको रूपमा रहेको मन्दिरको पुनर्निर्माण ०७३ सालबाट पुरातत्व विभागले थालेको हो । मन्दिरको टुँडाल, काष्ठकलाका मूर्ति, तल्लो छाना र माथिल्लो छाना छाउन काठ राखिसकिएको छ । माथिल्लो छानाको लागि सुन लेपन गरिएको मोलम्बा छाना बाँकी रहेको निर्माण व्यवसायी ध्रुव श्रेष्ठले बताए ।

 

४ करोड ६३ लाख रुपैयाँ लागतमा मन्दिर पुनर्निर्माण भइरहेको छ । पुरानो डिजाइनमा जस्ताको तस्तै पुनर्निर्माण सकिने पुरातत्व विभागले जनाएको छ । विदुरबाट ६ किलोमिटर उत्तरपूर्वी पुरानो सदरमुकामस्थित नुवाकोट डाँडामा रहेको मन्दिर १४औं शताब्दीमा जगज्योति मल्लले पुनर्निर्माण गराएको इतिहासमा उल्लेख छ । नुवाकोट विजय गर्नुपूर्व गोरखाका राजा पृथ्वीनारायण शाहलाई नुवाकोटकी भैरवीले सपनामा पूजा गरेमा नुवाकोट राज्य विजयी हुने बताएपछि गोप्य रूपमा भैरवीको पूजा गर्न लगाएर कान्तिपुर अधीनस्थ नुवाकोट जितेको जनविश्वास यद्यपि छ ।
भूकम्पले मन्दिरको पूर्वीमोडामा क्षति पुगेको थियो ।
Advertisement

प्रतिक्रिया