छैठौ नुवाकोट महोत्सवको तयारी तिव्र

विदुर खबर २०७६ माघ ११ गते १८:१९

नुवाकोट ।  नुवाकोट उद्योग वाणिज्य संघले यही माघ १६ देखि २६ गतेसम्म गर्ने छैठौ नुवाकोट महोत्सवको तयारी तिव्र पारिएको छ ।

Advertisement

भ्रमणवर्षलाई लक्षित गर्दे गर्न लागिएको महोत्सवलाई विगतका वर्षहरुभन्दा पृथक बनाउन लागिपरेको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले जानकारी दिए । महोत्सवको लागि अहिले विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको अध्यक्ष कार्कीले बताए । स्टल र स्टेज निर्माण, खेलकुदका सामाग्रि जडान एंव सञ्चालन लगायतका कामहरु भैरहेको  महोत्सव आयोजक समितिका संयोजक  कार्किले बताए ।

कार्कीका अनुसार महोत्सवको उद्घाटन १६ गते अपरान्ह १ बजे नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानि राणले गर्नेछिन ।  ब्यबसायिहरुको संस्थाले आयोजना गरेको महोत्सबका कारण राजनिति रहित बनाउनको लागी उद्धघाटनमा महासंघका अध्यक्ष राणा ल्याउन लागेको  कार्किले बताए ।

Advertisement

महोत्सबमा एतिहाँसिक कला सस्कृतिको सम्बद्धन, दिगो आर्थिक बिकासको लागी ब्यबसायिक प्रबद्धन भन्ने नारा सहित पर्यटन, उद्योग, कृषिमा बिकास साथ आर्थिक समृद्धि र सामाजिक तथा साँस्कृतिक अधिकारको महोत्सबमा लोपोन्मुख भाषा, संस्कृति भेषभुषा, संस्थागत संरक्षण र ब्यबसायिक सुरक्षालाई विशेष महत्वको साथ प्रस्तुत गर्न लागिएको बताईएको छ ।

      फाईल फोटो

महोत्सवमा स्थानिय कला, संस्कृति तथा भेषभुषाको प्रचारप्रसार र स्थानिय पहिचानलाई प्रर्वदन गर्ने बताइएको छ । महोत्सवमा नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकालाई २०÷२० स्टल लिइने छ भने गाउँपालिकालाई ५÷५ स्टल उपलब्ध गराइने नुवाकोट उद्योग वाणिन्य संघले जनाएको छ । महोत्सव विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा गर्ने बताइएको छ ।

Advertisement

प्रतिक्रिया