नेकपाका सांसद दीपक मनाङे पोखरा लेकसाइडबाट पक्राउ

विदुर खबर २०७६ माघ ९ गते १८:४८

पोखराको लेकसाइडबाट गण्डकी प्रदेश सांसद राजीव गुरुङ ( दीपक मनाङ्गे) पक्राउ परेका छन् ।

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । उनी विरुद्ध प्रहरीमा जाहेरी  बुधबार जाहेरी परेको थियो।  उनले बुधबारै आफैंले पत्रकार सम्मेलन नै गरेर कुटेको स्वीकार गर्दै भनेका थिए- जम्मा एक लात्ती र दुई झापड हानेको त हो। मंगलबार सांसद् मनाङेले आफ्नो फुटबल टिमका लागि उचित व्यवस्थापन नगरेको भन्दै एन्फा अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए।

सांसद मनाङेले भने अति नै भएर आफूले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गर्न बाध्य भएको बताएका छन्। सांसद मनाङेले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कप प्रतियोगितामा एन्फाले पठाएको पैसा समेत खाएको र खेल हुनुभन्दा अघिल्लो दिन खेलाडीहरुको बन्दोबस्त एन्फाले गर्नुपर्नेमा केही पनि व्यवस्था नगरिएको आरोप लगाएका थिए।उनले मुख्यमन्त्री कपको समेत बदनाम भएको बताए। मुख्यमन्त्री कप भइसकेपछि मुख्यमन्त्रीले झापड हान्नुपर्नेमा आफुले झापड हानेको बताउँदै ठगलाई झापड नहानेर के माला लगाइदिने त भन्दै प्रतिप्रश्न समेत गरे।

Advertisement

उनले एन्फा कास्की अध्यक्ष मिलनविरुद्ध ५० औं मुद्दा परेको तर यसको बारेमा कसैले पनि आवाज उठाउन नसकेको बताए।ट्राइसेट बनाउँदा सबै जिल्लाका अध्यक्षबीच परामर्श गरेरमात्र ट्राइसेट निकाल्नुपर्ने एन्फाको नियम भएपनि राम्रा टोलीलाई एकातिर र कमजोर टोलीलाई अर्कोतिर पारेर विभेद गरेको बताउँदै उनले ट्राइसेट फिक्सिङ्ग गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे। सो स्थितिमा आफूले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई समेत झापड हान्न सक्ने बताउँदै तर त्यो रिस मरिसकेको बताएका थिए।सांसद मनाङेले मुख्यमन्त्री कप प्रतियोगितामा मनाङबाट सहभागिता जनाएका खेलाडीलाई खान बस्न र अभ्यास गर्न ग्राउण्डको समेत व्यवस्था नमिलाएको भन्दै आइतबार लेखनाथको भण्डारढिक खेलमैदानमै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ्गलाई झापड हानेका थिए।

गुन्डा नाइकेका रुपमा परिचित राजीवको ठमेलबाट सुरु भएको अपराधको यात्रालाई प्रदेशसभासम्म पुर्‍याएको नेकपामा मिसिएको तत्कालीन एमालेले नै हो। कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका उनलाई तत्कालीन एमालेले आफ्नो पार्टी प्रवेश गराएको थियो। पार्टीले प्रदेशसभाको टिकट नदिएपछि मनाङ प्रदेश (ख) बाट स्वतन्त्र उम्मेद्वार बनेका उनलाई एमालेले सघाएर १ हजार ४ सय १० मत ल्याएर जितेका थिए।  पछि उनलाई गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपामा प्रवेश गराएका थिए।

Advertisement

नेपाल लाईभबाट

प्रतिक्रिया