नेकपा रसुवामा विवाद,५० कार्यकर्ताद्वारा पार्टी परित्याग

विदुर खबर २०७६ माघ ८ गते २१:०६

रसुवा । जिल्ला खेलकुद विकास समिति गठनको विषयलाई लिएर नेकपा रसुवामा विवाद सिर्जना भएको छ ।

Advertisement

खेलकुद विकास समितिमा एकलौटी ढंगले नियुक्ति गरेको भन्दै नेकपा नेकपा रसुवाका ५० जना कार्यकर्ताले बुधबार पार्टी  परित्याग गरेका छन् ।

नेकपामा आबद्ध जिल्ला खेलकुद विकास समिति रसुवाका पूर्वअध्यक्ष तेम्पासिंगी तामाङ सहित ५० जनाले पार्टी परित्याग गरेका हुन्। खेलकुद विकास समितिमा सहमतिबेगर नयाँअध्यक्ष नियुक्त गरेको भन्दै तामाङ सहित ५० जनाले प्रेस विज्ञप्तिजारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।

Advertisement

प्रदेश सरकारले मंगलबार नुवाकोट रसुवा सहितका जिल्लामा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष चयन गरेको थियो ।

प्रतिक्रिया