लाङटाङ राष्ट्रिय निकुञ्जको साउनदेखी पुष मसान्तसम्म दुई करोड राजश्व संकलन
रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले आर्थिक वर्षको साउनदेखी पुष मसान्तसम्म दुई करोड १५ लाख २४ हजार ६ सय १७ रुपैया ३५ पैसा राजश्व संकलन गरेको छ ।
वन प्राविधिक एवम रेञ्जर रमेश वस्नेतका अनुसार सार्क राष्ट्रबाट ९५जना र अन्य मुलुकका विदेशी नागरिक ५ हजार ७ सय ६२ जना घुम्न आएकाहरुबाट दुई करोड १० लाख ५२ हजार चार सय ३१.८० राजश्व उठेको हो । वन पैदावारबाट दुई लाख ३५ हजार ८ सय ३५ राजश्व उठेको हो । रेञ्जर बस्नेत ले भन्नुभयो निकुञ्ज क्षेत्रमा हुने वन पैदावारको चाप लाई न्युनिकरण गर्न रसुवा, नुवाकोट र सिन्धुपाल्चोक गरि ३ जिल्लाका ३४ गा.वि.स नयाँ संरचना अनुसार ९ वटा गाउँपालिका रसुवा ४, नुवाकोट ३, सिन्धुपाल्चोक २ वटा गा.पा.मा उपभोक्ता समुह गठन भएका छन् ।
उहाँका अनुसार राजश्ववाहेक पनि यस निकुञ्जबाट मानव र वन्यजन्तुको सहअस्तित्व बारे जानकारी दिइ निकुञ्ज र स्थानिय बासिन्दा बीच सुमधुर सम्बन्ध रहदै आएको छ । यस निकुञ्ज क्षेत्रमा साल, कटुस, खोटे सल्ला, गोबे्र सल्ला धुपी, भोजपत्र, गुरास, ओखर खसु्र लगाएत १०० भन्दा बढि प्रजाति निकुञ्ज का वनस्पतिहरु हुन वन्यजन्तुहरुमा रेडपाण्डा, कस्तुरी ब्वासो, सालक चरी बाघ आसामी बाँदर, हिमाली कालो भालु पर्दछन् ।
यस निकुञ्जले स्थानिय बासिन्दाको परम्परागत रहनसहनलाई संरक्षण र जीवनयापनमा सहयोग गरि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया