अनेरास्ववियू नुवाकोटको संयोजकमा विष्णु दाहाल,उपसंयोजकमा कोइराला

विदुर खबर २०७६ माघ ५ गते २०:५३

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नुवाकोट संयोजकको जिम्मा विष्णु दाहालले पाएका छन । त्यस्तै उपसंयोजकको जिम्मा विनोद कोइरालाले पाएका छन ।

Advertisement

आईतबार अनेसास्ववियुले विभिन्न जिल्लामा विद्यार्थी संगठनको लागि संयोजक र सहसंयोजक तोकेको हो ।

पुर्व एमाले र पुर्व माओवादी मिलेर बनेको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले लामो समयपछि जिल्लामा नेतृत्व पाएको हो । संयोजक भएका दाहाल पुर्व एमाले र कोइराला पुर्व माओवादी निकट विद्यार्थी संगठनका नेता हुन ।

Advertisement

संयोजक र सहसंयोजकको चयनसँगै आगामी फागुनमा हुने स्ववियु चुनावको लागि नुवाकोटमा अनेरास्ववियुले तयारी तिव्र पार्ने जनाएको छ ।

प्रतिक्रिया