विन्ध्यवासिनी हाइड्रोपावर आईपीओ निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा

विदुर खबर २०७६ माघ ५ गते १७:३६

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्राथमिक शेयर निष्काशनको अनुमति माग्दै  धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

Advertisement

कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो । शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कम्पनी अन्तर्गत ८.८ मेगावाटको रुदीखोला ए हाइड्रोइलेक्ट्रिक र ६.६ मेगावाटको रुदीखोला बी हाइड्रोइलेक्ट्रिक संचालनमा छन् ।

Advertisement

प्रतिक्रिया