यस्ता छन् बिसं २०७७ सालका पर्वहरु: कुन पर्व कति गते ?

विदुर खबर २०७६ माघ ४ गते १९:०५

नयाँ वर्ष २०७७ को पात्रोअनुसार असोजमा एक महिना मलमास परेकाले दशैं तिहार करिब एक महिना धकेलिएको छ ।

Advertisement

पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेअनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ। पात्रोअनुसार कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजया दशमी अर्थात् टीका परेको छ।

तिहार कात्तिक २८ गतेदेखि शुरू हुनेछ। २८ गते कागतिहार, २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको पञ्चाङ्ग निर्णायक समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो।

Advertisement

यस्ता छन् बिसं २०७७ सालका पर्वहरु

बिसं २०७७ सालका पर्वहरु
_ घटस्थापना कातिक १ गते
_ कातिक ७ गते गते फुलपाती ,
_ ८ गते महाअष्टमी,
_ ९ महानवमी
_ १० गते विजया दशमी अर्थात टीका
_ २८ गते कागतिहार
_ २९ बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपुजा
_ ३० गते गोवर्धन र म्ह पुजा
_ मंसिर १ गते गते भाइटीका
_ बैशाख ११ गते मातातिर्थ औशी
_ १४ गते अक्षय तृतीया,
_ २५ गते बुद्ध जयन्ती,
_ जेठ १९ गते गंगा दशहरा
_ असार ७ गते आइतबार औशीको दिन खण्डग्रास सुर्यग्रहण
_ असार २१ गते गुरु पुर्णिमा
_ साउन १० गते नागपञ्चमी
_ १९ गतेजनै पुर्णिमा
_ २० गते गाईजात्रा
_ २७ गते कृष्ण जन्माष्टमी
_ भदौ ३ गते कुशे औशी,
_ भदौ ५ गते हरितालिका तीज
_ भदौ ७ गते ऋषी पञ्चमी
_ भदौ १७ गतेदेखि सोह्श्राद्ध शुरु
_ असोज १ गते सोह्श्राद्ध सकिएलगत्तै मलमास लाग्ने छ
_ मंसिर ५ गते छठ
_ मंसिर २८ गते बाला चतुदर्शी,
_ पुस १५ मा उद्यौली र तमु ल्होसार
_ पुस ४ गते बिवाह पञ्चमी
_ फागुन २७ गते शिवरात्री,
_ चैत १५ गते होली
_ २९ गते घोडेजात्रा पर्व रहेको छ ।
_ २०७७ सालमा राम नवमी छैन ।
_ आगामी वर्ष बैशाख २१ र २२ , जेठ १२ र असार ११ गते मात्रै ब्रतबन्धको साइत रहेको छ ।

Advertisement

प्रतिक्रिया