तारुकामा गोरु जुधाइ : कसको गोरु बलियो ?

विदुर खबर २०७६ माघ १ गते २१:३९

नुवाकोट । हरेक वर्ष जस्तै यो वर्ष पनि नुवाकोटमा गोरु जुधाइएको छ । माघेसंक्रान्तिको अवसरमा तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा २१ हल गोरु जुधाइएको हो ।

Advertisement

गोरु जुधाइ हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट समेत दर्शक नुवाकोट पुगेका थिए ।

हरेक वर्ष गोरु जुधाइन थालेपछि नुवाकोटमा पर्यटन प्रबर्धनसमेत भएको बताइन्छ । तारुका बाहेक विदुर नगरपालिका-१० रसुवासँगको संगमस्थल वेत्रावती, पञ्चकन्या गाउँपालिकाको पिपलडाँडा, लिखु गाउँपाकिाको कट्टीछाप, तादी गाउँपालिकाको सातबिसे, शिवपुरीको गैरीफाँटमा पनि बुधबार गोरु जुधाइएको थियो ।

Advertisement

नुवाकोटबाहेक धादिङका विभिन्न स्थानमा पनि माघेसंक्रांन्तिका अवसरमा गोरु जुधाउने गरिन्छ

प्रतिक्रिया