पुनर्निर्माणप्रति सन्तोषजनक : प्रधानमन्त्री

विदुर खबर २०७६ पुष २५ गते २१:४६

प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्का अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माणका कार्यप्रगति सन्तोषजनक भएको र देखिएका समस्याहरुलाई समाधान गर्दै बाँकी काम छिटो गर्न प्राधिकरणलाई सुझाव दिएका छन्।

Advertisement

प्रधानमन्त्री ओलीले पुनर्निर्माण कार्य राम्रो गतिमा अघि बढेको र नेपालको पुनर्निर्माण तथा विपद्को क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरुले आफूसँगको भेटमा पुनर्निर्माणमा नेपालले हासिल गरेको प्रगति उल्लेखनीय र अनुकरणीय भनेको जानकारी दिए।

उनले समस्या र जटिलताहरुलाई समाधान गर्दै पुनर्निर्माण कार्य अघि बढेको बताउँदै पुनर्निर्माणलाई अझ प्रभावकारी रुपमा अघि बढाउन नीतिगत र व्यवहारिक पक्षमा सुधार गर्न, काम गर्ने तरिकामा सुधार गर्न, सामाजिक जागरण बढाउन, संगठित संस्थाहरुलाई परिचालन गर्न, स्थानीय र प्राविधिकहरुलाई अझ सक्रिय पार्न सुझाव समेत दिए।

Advertisement

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले पुनर्निर्माण कार्य सन्तोषजनक रुपमा अघि बढेको निश्कर्ष निकाल्दै बाँकी काम छिटो सक्ने गरी गति प्रदान गर्न सुझाव दिएको हाे।

प्रतिक्रिया