प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताउनुभएको छ । उद्योग सङ्घ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौँडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताउनुभयो ।मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न प्रदेश नं ३ सरकार लागिरहेको बताउनुभयो । उहाँले हेटौँडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश नं ३ मातहत ल्याउन प्रयास भइरहेको भए पनि केन्द्र सरकारमार्फत हस्तान्तरण हुन बाँकी रहेकाले ठोस् कदम चाल्न नसकिरहेको प्रस्ट पार्नुभयो ।
उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गरेमात्रै देशले आर्थिक उपलब्धि हासिल गर्नसक्छ भन्ने कुरामा आफू जानकार रहेको बताउँदै देशको अर्थतन्त्रमा निजी क्षेत्रको ६२ प्रतिशत योगदान रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्न यहाँको औद्योगिक विकास आवश्यक रहेको बताउनुभयो । “हाम्रो प्रदेशको समृद्धिको आधार के के हुनसक्छ भनेर विज्ञसहित धेरै छलफल भए, अध्ययन भए र ती सबैको अन्तिम निचोड भनेको उद्यमशीलता बढाउने, औद्योगिक विकास गर्ने भन्ने नै हो भन्ने बुझेका छौं र आगामी दिनमा सोही अनुसार रणनीति निर्माण गर्छौ”, मन्त्री नेपालले भन्नुभयो । उहाँले प्रदेशलाई उद्योगमैत्री बनाउनुपर्ने धारणा राख्नुभयो । बढीभन्दा बढी उद्योगीलाई यस प्रदेशमा लगानी गर्ने वातावरण निर्माण गरिने बताउँदै प्रदेश सरकार उद्योगलाई हरप्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।








आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया