प्रदेश ३ को स्थायी राजधानी नुवाकोट हुनुपर्छ: सांसद नेपाली

विदुर खबर २०७६ पुष २५ गते १८:४२

नुवाकोट । प्रदेश नम्बर ३ की सांसद कल्पना नेपालीले प्रदेशको स्थायी राजधानी नुवाकोटमा हुनुपर्ने अडान दोहोर्याएकी छन्।

Advertisement

शुक्रबार प्रदेश सभामा बोल्दै सांसद नेपालीले प्रदेश नम्बर ३ को राजधानी नुवाकोटमा हुनुपर्ने आधारहरु पेश गर्दै उक्त अडान दोहोर्याएकी हुन्। नेपाली कांग्रेसकी प्रभावशाली युवा नेतासमेत रहेकी सांसद नेपालीले प्रदेश सभाको बैठकमा जाेडदार रुपमा आफ्ना कुरा राखेकी थिईन्। उनले आफ्नो सम्बोधनमा भनेकी थिएन,‘प्रदेश ३ को राजधानी र नामका बारेमा प्रदेशका माननीय मात्रै नभएर केन्द्रीय नेतृत्वको समेत संलग्नता देखिएको छ।’

उनले अगाडि भनेकी छन्,’जाडो मौसममा प्रदेशको नाम र राजधानीको विषयले हामी सबैलाई न्योनो बनाएको छ। संघीयताको मर्म र भावना अनुसार कुनै पनि विषयले प्रवेश पाउनु पर्छ भन्ने मेरा मान्यता हो। तर, यहाँ सत्तापक्षले संघीयताको हित विपरित केन्द्रको निर्देशनलाई लागू गर्ने कुचेष्टा गर्दैछ। १३ वटा जिल्लालाई पायक पर्ने र जनताले आफ्ना हक अधिकारहरु उपभोग गर्न सहज हुनेगरी प्रदेशको राजधानी तोकिनु पर्छ।’

Advertisement

उनले भनेकी छन्, ‘त्यसका लागि नुवाकोट एकमात्रै उचित विकल्प हो। नुवकोट ऐतिहासिक दृष्टि र प्राकृतिक कोर्णबाट पनि उत्तिकै सफल छ। राजधानीका बारेमा गठित टोलीको प्रतिवेदनले पनि नुवाकोटलाई आधार मानेकाले पनि स्थायी राजधानी नुवाकोट हुनुपर्छ भन्ने मेरो धारणा हो। आफ्नो घर र पायक पर्ने भएर म यसो भनिरहेकी छैन। १३ वटा जिल्लाका मानिसका लागि उयुक्त स्थान नै नुवाकोट हो भन्ने मेरो दावी हो। त्यसैले यसका पक्षमा आफ्नो मत अभिव्यक्त गर्न सम्पूर्ण माननीय साथीहरुलाई आग्रह गर्दछु।’

प्रतिक्रिया