नुवाकोटको तारकेश्वरमा अज्ञात समुहद्धारा एनसेलेको टावरमा आगजनी
विदुर खबर
२०७६ पुष २५ गते १६:३२
नुवाकोट । नुवाकोटको तार्केश्वर गाउपालिका वडा नम्बर ५ मानेडाँडामा रहेको एनसेलको टावरमा बिहिबार राती ११ बजे अज्ञात समुहले आगजनी गरेको छ ।
आगजनीबाट टावरका व्याट्री, एटीएन बोर्ड, जेनेरेटर, पावर सप्लाई बोर्डलगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ती सामानमा पेट्रोल र मोविल छर्केर आगजनी गरिएको पाइएको नुवाकोट प्रहरीले जनाएको छ । टावरमा जुटको बोरा प्रयोग गरेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख अबिनारायण काफ्लेले जानकारी दिए ।
विप्लव माओवादीका नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाललाई मंगलबार प्रहरीले पक्राउ गरेपछि उनीहरुको समुहले टावरमा आगजनी हुनसक्ने नुवाकोट प्रहरी प्रमुख काफ्लेले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया