अबको निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : नेता महत

रमेश कुमार महत
नेपाली काँग्रेस नुवाकोटका नेता रमेश कुमार महतले अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताएका छन् । साथै उनले अबको महादिबेशनबाट नयाँ नेतृत्व आउने समेत बताए । नेपाली काँग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको र हिजो निर्वाचनमा जाँदा जे बचनबद्धता जनतामा गरेका थिए त्यो अनुसार नेकपाले काम नगरेको उनको भनाइ । उनले अघि भने-सरकारले समयमै शुसासनको प्रत्याभूती, हावादारीभन्दा यथार्थ परक विकास निर्माण, मंहगी नियन्त्रण, करको बोझबाट आमनागरिकलाई मुक्त बनाउनु, शान्तिसुरक्षाको सुव्यवस्था, सहज दैनिक जनजीवनको व्यवस्थापन गर्नुपर्छ ।
अहिले नेपाली काँग्रेसले सरकार गठन भएको २ बर्ष मात्र भएकाले बिरोध भन्दा गतिविधि नियालिरहेको बताए । नेकपाको सरकारले राम्रो काम गरे समर्थन गर्ने देशघाती र जनघाती काम गरे खबरदारी गर्ने बताए । उनले भने-२०४६ सालपछि पटक पटक काँग्रेस विपक्षमा बस्दै आएको छ । काँग्रेस सरकारमा रहँदा जनताको पक्षमा काम गर्छ र विपक्षमा हुँदा जनताको पक्षमा नै बोल्छ । यसअघि कम्युनिष्टहरुले धेरै पटक सरकार बनाएका छन् । उनीहरुले गलत काम गर्दा काँग्रेसले औंलो ठड्याएको छ ।
पटक पटक भएका जनआन्दोलनको नेतृत्व काँग्रेसले गरेको छ तर हामी अरु पार्टीजस्तो प्रचार गर्न नजानेकाले काँग्रेसले केही नगरेजस्तो देखिएको हो । देशलाई नयाँ ढंगले परिवर्तन गर्ने काम काँग्रेसकै नेतृत्वमा भएको छ । यो पाँच वर्षको अवधिमा दायाँ बायाँ नगरीकन विपक्षमा बसेर पार्टी निर्माण र संगठन विस्तारमा हामी सबै एकजुट भएर लाग्नुपर्छ ।काङ्ग्रेस भित्रको गुट उपगुटले पार्टीलाई कमजोर बनाएको हो र अब नेताहरुले पार्टीभित्रको गुट उपगुटलाई समाप्त नपारे सङ्घीयता नै धरापमा पर्ने खतरा उत्पन्न भएको छ,उनले भने ।
पार्टीभित्रको गुट उपगुटले काङ्ग्रेसलाई कमजोर बनाएकाले जनताका मुद्दामा सङ्घर्ष गर्नका लागि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए । अहिले देश नयाँ राजनीतिक युगमा प्रवेश गरेकाले संघीयता कार्यान्वयन गर्न जटिल जस्तो देखिएको छ । यो प्रकृयामा धेरै खर्च बढेको छ तर सङ्घीयता राम्रो भएपनि यो जनप्रतिनिधिहरुको कारण असफल बन्दै गएको बताए । प्रशासनिक खर्च कसरी कम गर्ने र देश विकासमा कसरी निरन्तरता दिने भन्ने सोच काँग्रेसमा पनि आउनु जरुरी छ । नेपालमा पूर्वाधारका प्रशस्त सम्भावना भएपनि त्यसलाई व्यवस्थित गर्न सकिएको छैन । काँग्रेसले यी सबै कुरालाई ध्यानमा राख्दै पार्टी सँगसँगै देश बनाउने अभियानमा लाग्नुपर्छ उनले भने । अब सरकारले उद्योगमा लगानी बढाउनुपर्छ ।
अर्थडेल्लीको सहयोगमा ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया