कांग्रेसले नुवाकोटका सभापति केसीलाई कारवाही गर्ने

विदुर खबर २०७६ पुष २३ गते १८:३५

नुवाकोट । नेपाली कांग्रेसले नुवाकोटसहित देशभरका ५ जिल्ला सभापतिहरुलाई कारवाही गर्ने भएको छ ।

Advertisement

पार्टीको निर्णय र निर्देशनबिरुद्ध गतिविधि गरेको भन्दै देउवाले पाँच जिल्लाका सभापतिहरुलाई निलम्बनसम्मको कारवाही गर्ने चेतावनी दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले लगातार पार्टी केन्द्रीय समितिको बैठक बहिष्कार गरेपछि देउवा समुहले बहुमतका आधारमा १४ औं महाधिबेशनको मिति तोक्नेदेखि पार्टीको विभागहरु बढाउनेसम्मको निर्णय गरेको थियो । निर्णयका बिरुद्ध जिल्ला सभापतिहरुको भेला बोलाउन सक्रिय रहेका पाँच जिल्ला सभापतिहरु देउवाको कारवाही सूचिमा परेका छन् ।

Advertisement

पाँच जिल्ला सभापतिहरुलाई पार्टीसभापतिले पत्र नै लेखेर निर्णयबिरुद्ध नजान निर्देशन दिनुभएको थियो, तर उहाँहरुले मान्नुभएन । निर्णयबिरुद्धका गतिविधिहरु थप सक्रिय बनाउनुभयो, देउवा निकट एक पदाधिकारीले भने, पार्टीलाई अनुशासनमा गलत काम गर्नेलाई कारवाही गर्नुपर्दछ । सभापतिले पार्टी निर्णयबिरुद्ध जाने जो कोहीलाई पनि कारवाही गर्ने अडान राख्नु भएको छ ।

सभापति देउवाइतरको पौडेल समुहले पार्टी मुख्यालय सानेपामा समुहको भेला बोलाएको छ । ४२ जिल्लाका पार्टीसभापतिदेखि केन्द्रीय सदस्यहरु बैठकमा सहभागी छन् । भेलामा वरिष्ठ नेता पौडेलले देउवाका गलत निर्णयबिरुद्ध लड्न जिल्ला सभापतिहरुलाई आह्वान पनि गरिसकेका छन् ।

Advertisement

आफुबिरुद्ध जिल्लादेखि केन्द्रसम्म घेराबन्दी गर्न खोजेपछि देउवा पनि कडारुपमा प्रस्तुत हुन थालेका छन् । उनले पाँच जिल्लाका सभापतिहरुलाई कारवाही गर्ने तयारी गरेको छन् । जिल्ला सभापतिहरुका बिषयमा छलफल गर्न देउवाले आफु निकटका नेताहरुलाई सोमवार साँझ निवास बुढानीलकण्ठमा बोलाएका थिए ।

नेताहरुको सु्झावका आधारमा देउवाको निशानामा कास्कीका सभापति कृष्ण केसी धादिङका सभापति रमेश धमला, रोप्पाका सभापति अम्मरसिंह पुन, झापाका सभापति उद्धव थापा र नुवाकोटका जिल्ला सभापति जगदिश्नरसिंह केसी परेका छन् । उनीहरुलाई निलम्बनसम्मको कारवाही गर्ने देउवा समुहले तयारी गरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया