रसुवामा यात्रुवाहक वस दुर्घटना,सातजना घाईते (अपडेट)
विदुर खबर
२०७६ पुष १९ गते २०:०६
धुन्चे । रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ ठाडेमा यात्रुवाहक वस दुर्घटना हुँदा ७ जना घाईते भएका छन ।
काठमाण्डौंबाट रसुवाको धुन्चेतर्फ जाँदै गरेको प्रदेश ३–०१००५ ख–९४६५ नम्बरको यात्रुबाहक बस सडकबाट करिब १०० मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बसमा चालक र सहचालकसहित ११ जना रहेकोमा ७ जना घाईते भएको रसुवा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वसका चालक र सहचालकसहित ४ जना सकुशल रहेका छन भने एकजना घाईते सामान्य उपचार पछि घटनास्थलबाटै घर फर्किएको बताइएको छ ।
घाईते भएका अन्य ६ जनाको भने स्थानिय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि एम्बुलेन्समार्फत काठमाण्डौ लगिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी जानकारी दिनुभयो । उनीहरु खतरा बाट रहेको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया