काँग्रेसको वर्तमान अवस्थामा हामीले के गर्ने ?

विदुर खबर २०७६ पुष १६ गते २०:५२
जगदीश्वरनरसिंह के.सी.

                                                                जगदीश्वरनरसिंह के.सी.

आजको नेपाली काँग्रेस जनाधारमा कमजोर भएको होइन, नेतृत्वको कार्यशैलीले स्खलित देखिएको हो ।

Advertisement

गत निर्वाचनहरूमा पार्टी पराजयको कारण यही हो । पार्टीको विधानलाई गाजरको बाँसुरी बनाइएको छ, मन लागे आफ्नै राग फुक्ने, मन नलागे चपाईदिने । केन्द्रीय विभागहरूको संख्या २८ मा राख्ने आफ्नै निर्णयको पार्टी विधान विपरीत मान्छे हेरी भाग लगाउन ४७ पुर्याईयो । यी विभागहरू ‘उचित व्यक्ति उचित स्थान’को ध्येयले होइन, आफ्नो मान्छेलाई बक्सिस र निगाह दिने बद्नियतले बनाईदैछ । भातृसंस्थाहरूलाई नेतृत्वविहिन गराएर थला पार्ने काम भएको छ ।

सदस्यता वितरणमा चरम बेथिति अपनाईदैछ । महाधिवेशनको मिति तोक्ने काम एकलौटी रुपमा गरियो । पेलेर जाने बदनियतको कारण सिंगो पार्टी धरापमा पर्दैछ । नेतृत्वबाट सृजित पार्टीको चीरहरणलाई महाभारतमा दुर्योधनको राजसभाका लाचार सदस्यले झैँ विवश, तटस्थ र लाटो रमिते भएर टुलुटुलु हेरीबस्ने बेला यो होइन । “

Advertisement

पेलेर जाने बदनियतको कारण सिंगो पार्टी धरापमा पर्दैछ ।

….तपाईहरूलाई नेतृत्वको कुनै कुरा मन परेन, चित्त बुझेन भने आफूलाई चित्त नबुझेका कुरा निडर भई भन्नुपर्छ” भन्ने जननायक बीपी कोइरालाको निर्देशनलाई यो अवस्थामा सम्झौँ । नेपाली काँग्रेसको विगतलाई हृदयंगम गर्दै उच्चतम हितप्रति इमानदारीपूर्वक समर्पित भएर आफ्ना भनाईहरू न्यायोचित तरिकाले राख्न नछोडौँ । बेइमानहरूका हर्कतले भन्दा निष्ठावानहरूको मौनता वा तटस्थताले गर्दा पार्टी वर्वाद हुन्छ भन्ने तत्वज्ञानबाट पार्टीको शुद्धीकरण र सुदृढीकरणमा जोड दिऔँ ।

Advertisement

आज ४४ औ रास्ट्रीय मेलमिलाप दिबसको अबसरमा सबै नेपाली दिदिबहिनी दाजुभाइहरुमा हार्दिक शुभकामना ।
आज रास्ट्रीय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा रास्ट्रीय मेलमिलापको आबश्यकता र महत्त्व अझ बढेको महसुस भएको छ।एतिहासिक दिनको स्मरणमा मनाइने यो दिबशले हामी बीचको आत्मीयता ,आपसी सद्भभाब, बिश्वास र एकता अझ घनिभुत हुनुपर्ने हाम्रो पार्टी भित्रको एकताको लागि नेतृत्वले सबै खालको सहमतिको लागी तयार हुनुपर्छ ।

जननायक बिपि कोइरालाले मुलुक भित्ररहेको सबै शक्तिहरु सग मिलेरैनै अगाडि बढ्नु पर्छ भन्ने भाबनाका साथ आफुले सबै खतरनाक परिस्थिति लाई समेत प्रबाह नगरी स्वदेश फर्किनु भएको थियो। आज हाम्रो पार्टी नेपाली कांग्रेसमा बिपिको मेलमिलाप निति अझ सान्दर्भिक भएको छ। माथी देखी तल सम्म सबैमा चेतना भया।

लेखक नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति हुन् ।

प्रतिक्रिया