सभामुख कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका ‘कार्यकारी अध्यक्ष’ पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ ।
सभामुखकै विषयमा छलफल गर्न प्रचण्ड मंगलबार विहान प्रधामनन्त्री निवास बालुवाटार पुगेका थिए ।
भेटमा ओलीले सभामुखमा सुवास नेम्वाङको विकल्प नखोज्न प्रचण्डलाई आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘प्रधानमन्त्रीले सभामुखमा नेम्वाङको नाम प्रस्ताव गर्नुभयो, अर्का अध्यक्षले त्यसो नगरौं भन्नुभएको छ’ नेकपा स्रोतले भन्यो ।
सभामुखका लागि व्यक्तिका विषयमा दुई अध्यक्षबीच पहिलोपटक छलफल भएको नेकपा नेताहरुको भनाइ छ ।
यसअघि प्रचण्डले सभामुख आफूले प्रस्ताव गर्ने भने पनि व्यक्तिबारे छलफल भएको थिएन ।
तर सभामुखबारे पार्टीमा दुई अध्यक्षबीच सहजै समझदारी हुने सम्भावना आफूले नदेखेको नेकपाका एक सचिवालयल सदस्यले प्रतिक्रिया दिएका छन् । उनले भने–प्रधानमन्त्री सुवास नेम्वाङको विकल्पमा जाने पक्षमा हुनुहुन्न । प्रचण्डले मलाई अप्ठ्यारो पर्यो भन्नुभएको छ । सायद प्याकेजमै सहमति होला ।’
उनकाअनुसार सभामुख चयनसँगै मन्त्रिपरिषद पुनर्गठनमा अध्यक्ष प्रचण्डको समस्या फुकाउने र राष्ट्रियसभा सदस्य चयनमा उम्मेदवारहरु मिलाउने सम्भावना छ ।
दुबै पक्षको आ आफ्नो दाबी
दुई अध्यक्षबीच समति नभएपछि नेकपाका दुवै पक्षले एकले अर्कोलाई सहमतिबाट पछि हटेको आरोप लगाएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेटिएका पूर्वएमाले समूहका एक नेताले सुवास नेम्वाङलाई सभामुख बनाउने समझदारीबाट प्रचण्ड एकाएक पछि हटेको दाबी गरे ।
जबकी पूर्वमाओवादी पक्षले भने सभामुखमा पूर्वएमालेको दावी नै राजनीतिक रुपमा अनैतिक हुने बताएको छ । पार्टी एकताअघि राज्यसत्ताका मुख्य पदहरु बाँडफाँट गर्दा राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख तत्कालिन एमालेले पाएको थियो ।
त्यस्तै उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष तत्कालिन माओवादीले पाएको थियो । सरकारमा प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा पनि तत्कालिन एमालेबाटै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई स्वीकार गरेको भन्दै पूर्वमाओवादी नेताहरुले अब सभामुख पनि छाड्नु भनेको सम्मानजनक एकता होइन आत्मसमर्पणको सन्देश जाने टिप्पणी गरेका छन् ।
प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यकाअनुसार केही दिनअघि मात्र पूर्वमाओवादीका नेताहरुले प्रचण्डलाई भेटेरै सभामुख नछाड्न दबाव दिएका तिए । ‘ओलीजी कुनै हालतमा नेम्वाङलाई सभामुख बनाउन चाहनुहुन्छ । माधवकुमार नेपालको भूमिका पनि नेम्वाङ हुँदा ठिकै छ भन्ने खालको देखियो’ एक नेता भन्छन्, ‘यस्तो अवस्थामा प्रचण्डमाथि कार्यकारी अध्यक्ष भएपछि पूर्वसमूह समातेर बस्न हुँदैन भन्ने दबाब छ । तर हामीले सभामुख नछाड्न भनेका छौं ।’
पूर्वमाओवादी पक्षले केही थान मन्त्रीमा सभामुख पद सौदाबाजी नगर्न समेत प्रचण्डलाई दबाब दिएका छन् । पूर्वमाओवादीले पाएको पदमा पूर्वएमालेले दावी गर्नु नै गलत रहेको उनीहरुको तर्क छ ।
पूर्वमाओवादीबाट सभामुखमा अग्नि सापकोटा अघि सार्न प्रचण्डलाई ठूलो दबाब छ । सापकोटाको नाममा सहमति नभए बरु ओनसरी घर्ती वा अन्य कुनै नाम दिन सकिने तर सभामुख पद छाड्न नसकिने प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले बताए । तर अध्यक्ष प्रधानमन्त्री ओली भने संसद झनै पेचिलो हुने भएकाले नेम्वाङले सबै दललाई मिलाउन सक्ने तर्क गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया