नेकपा नुवाकोटका वडा संयोजक घिमिरे राप्रपा संयुक्तमा प्रवेश

विदुर खबर २०७६ पुष १५ गते १६:३२

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तमा ककनिगाँउ पालिका वडा नं २ नेकपाका वडा संयोजक तथा गत स्थानिय निर्वाचनमा वडा सदस्यका उमेद्वार सीताराम घिमिरे नेकपा परित्याग गरि राप्रपा संयुक्तमा प्रवेश गरेका छन ।

Advertisement

घिमिरेलाई राप्रपा संयुक्तका पार्टीका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले स्वागत गर्नु भएको हो ।पार्टी प्रवेश कार्यक्रममा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता देख्दा आफ्नो पार्टिको एजेण्डा सहि भएको अनुभूति भएको राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाश चन्द्र लोहोनीले बताए ।

अब २ नंबर वडा बलियो हुनेछ भन्ने विश्वाश राप्रपा संयुक्तले लिएको छ । राप्रपा संयुक्तले सबै धर्म प्रति सम्मान गर्दै हिन्दु बौद्ध धर्मको श्रोत र समिश्रण स्थलको रुपमा रहेको हिमवत खण्ड वैदीक सनातन धर्म प्रति प्रतिवद्धत रहेको जनाएको छ ।घिमिरे नेकपा परित्याग गरी राप्रपा संयुक्तमा प्रवेश गरेको जानकारी राप्रपा संयुक्तका केन्द्रीय प्रवक्ता जनक राज पाठकले दिनुभयो ।

Advertisement

 

प्रतिक्रिया