भ्रमण वर्ष मनाउन नुवाकोटमा तयारी शुरु

विदुर खबर २०७६ पुष १४ गते १७:४४

नुवाकोट । नेपाल भ्रमण बर्ष २०२० लाई भव्य र सभ्य बनाउन नुवाकोटमा तयारी शुरु गरिएको छ ।

Advertisement

सोमबार जिल्ला समन्वय समितिको कार्यालय विदुरमा वसेको बैठकले भ्रमण वर्ष मनाउन“जिल्ला स्तरीय सहजिकरण तथा आयोजना समिति” गठन गरेको छ ।

उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालय प्रदेश नं ३ हेटौडाको पत्राचार अनुसार नुवाकोटमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिमा जिल्ला समन्वय समितिका सम्पुर्ण पदाधीकारी, स्थानिय तहका प्रमुखहरु, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरु, पर्यटन व्यवसायी तथा विभिन्न संस्थामा आवद्ध व्यक्तिहरु समितिको सदस्यमा रहने जिल्ला समन्य समिति नुवाकोटका प्रमुख सन्तामान तामाङले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया