चिसो बढेपछि नुवाकोटमा टोलटोलमा दाउरा वितरण गर्दै प्रहरी
विदुर खबर
२०७६ पुष १३ गते २०:००
नुवाकोट । नुवाकोटमा अत्याधिक चिसो बढेपछि नुवाकोट प्रहरीले टोलटोलमा दाउरा वितरण गरेको छ ।
समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत जिल्ला प्रहरी प्रहरी कार्यालय नुवाकोटको निर्देशनमा जिल्लाका विभिन्न स्थानहरुमा प्रहरीले दाउरा वितरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यालयका अनुसार आईतबार विदुर नगरपालिका वडा नम्बर २ को इन्द्रचोक,भुटोल शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जे लगायतको स्थानमा दाउरा वितरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अबिनारायण काफ्लेले जानकारी दिए ।
यसअघि नुवाकोट प्रहरीले सदरमुकाम विदुर आसपासका बजार क्षेत्रमा पनि अत्याधिक चिसो बढेको भन्दै दाउरा वितरण गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु 





प्रतिक्रिया