चिसो बढेपछि नुवाकोटमा टोलटोलमा दाउरा वितरण गर्दै प्रहरी
विदुर खबर
२०७६ पुष १३ गते २०:००
नुवाकोट । नुवाकोटमा अत्याधिक चिसो बढेपछि नुवाकोट प्रहरीले टोलटोलमा दाउरा वितरण गरेको छ ।
समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत जिल्ला प्रहरी प्रहरी कार्यालय नुवाकोटको निर्देशनमा जिल्लाका विभिन्न स्थानहरुमा प्रहरीले दाउरा वितरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यालयका अनुसार आईतबार विदुर नगरपालिका वडा नम्बर २ को इन्द्रचोक,भुटोल शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जे लगायतको स्थानमा दाउरा वितरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अबिनारायण काफ्लेले जानकारी दिए ।
यसअघि नुवाकोट प्रहरीले सदरमुकाम विदुर आसपासका बजार क्षेत्रमा पनि अत्याधिक चिसो बढेको भन्दै दाउरा वितरण गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया