गल्छी–त्रिशुली सडक दैनिक ४ घण्टा बन्द हुने

विदुर खबर २०७६ पुष १३ गते १७:४६

नुवाकोट । सडक विस्तार कार्यलार्य तिव्र र प्रभावकारी बनाउन गल्छी–त्रिशूली –वेत्रावती–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक योजना प्रभावकारी एंव विस्तार तिव्र बनाउने प्रत्येक दिन ४ घण्टा सडक बन्द गरिने भएको छ ।

Advertisement

आईतबार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको छलफलमा बेलकोटगढी नगरपालिका वडा नं ७ कल्चौडीभीरमा सडक विस्तारको लागि डाइभर्सन बनाउने र दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म सवारी साधन बन्द गरेर सडक डाइभर्सन मार्फत चलाइने निर्णय गरिएको छ । उत्त सडक करिव तीन महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको छ ।

छलफलमा प्रतिनिधिसभाका सांसद नारायण खतिवडा, जिल्ला समन्वय समितिकी उपप्रमुख अप्सरा थापा, जिल्ला समन्वय अधिकारी कृष्ण पन्थी, विदुर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष लेनिन रञ्जीत, गल्छी त्रिशुली सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारी,जिल्ला प्रहरी कार्यालयका प्रमुख अबिनारायण काफ्ले, रााष्ट्रिय अनुसन्धानका प्रमुख धिरज बानियाँ, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत धर्मराज भट्ट र सडक आयोजनाका इसन्जनियरहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया