गेर्खु–चोगते सडक निर्माण तिव्र गतिमा
गेर्खु । विदुर नगरपालिकाको वडा नं १० फुलबारीदेखि वडा नं ११ को गेर्खुहुँदै सुर्यगढी गाउँपालिकाको बागेश्वरीसम्म जोड्न लागेको गेर्खु–चोगते सडकखण्डको निर्माण तिव्र पारिएको छ ।
१३ किलोमिटर ७ सय ६० मिटर कुल लम्बाई भएको सो सडकको निर्माणको जिम्मा संघिय सांसद वहादुरसिंह लामको हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिले गरिरहेको अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार जिल्ला कार्यान्वयन एकाई नुवाकोटले जनाएको छ । २४ महिनाको अवधिमा निर्माण सम्पन्न सक्नुपर्ने सो सडकको लागत २६ करोड ४५ लाख २ हजार २ सय ५३ रुपैयाँ ८९ पैसा रहेको छ । सडक निर्माण समयमै भएमा विदुर नगरपालिका वडा नं १० र ११ का जनताहरु लाभान्वित हुनेछन ।
सदरमुकाम विदुरबाट मात्र ५÷६ किलोमिटरको दुरीमा रहेको सावकको गेर्खु गाविस सडक संजाल राम्रो नभएकै कारणले विकट मानिएको छ । लामोसमयसम्म सडक निर्माण हुन नसक्दा त्यहाँका स्थानियले ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएका छन । सडक निर्माणको स्थिति तिव्र गतिमा भइरहेको विदुर नगरपालिका वडा नं ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सीनाले बताए ।
सडकको निर्माण २०७७ असार मसान्तसम्म गर्नुपर्नेछ । अहिले सडकको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न भएको बताइएको छ भने बित्तिय प्रगति ३२ प्रतिशत सम्पन्न भएको अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार जिल्ला कार्यान्वयन एकाई नुवाकोटले जनाएको छ । सडकको निर्माण सम्झौता २०७५ असार २२ गते गरिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया