नुवाकोट महोत्सवको तयारी तिव्र

विदुर खबर २०७६ पुष ९ गते १९:५८
फाईल फोटो ।

                                                                                   फाईल फोटो ।

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघले आगामी माघ १६ देखि २६ गतेसम्म गर्ने भनिएको छैठौ नुवाकोट महोत्सवको तयारी तिव्र पारिएको छ ।

Advertisement

भ्रमणवर्षलाई लक्षित गर्दे गर्न लागिएको महोत्सवलाई विगतका वर्षहरुभन्दा पृथक बनाउन लागिपरेको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले जानकारी दिए । महोत्सवको लागि अहिले विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको अध्यक्ष कार्कीले बताए ।

महोत्सवमा स्थानिय कला, संस्कृति तथा भेषभुषाको प्रचारप्रसार र स्थानिय पहिचानलाई प्रर्वदन गर्ने बताइएको छ । महोत्सवमा नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकालाई २०÷२० स्टल लिइने छ भने गाउँपालिकालाई ५÷५ स्टल उपलब्ध गराइने नुवाकोट उद्योग वाणिन्य संघले जनाएको छ ।
महोत्सव विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको वालुवाटारमा गर्ने बताइएको छ ।

Advertisement

प्रतिक्रिया