नुवाकोटको चैनपुरमा आइचर दुर्रघटना,दुई जनाको मृत्यु
विदुर खबर
२०७६ पुष ६ गते ९:२०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 6 मुल्थला नजिकै कर्मिखोलामा आइचर दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 5 जना घाईते भएका छन ।
चैनपुरबाट सदरमुकाम बट्टारतर्फ आइरहेको बा 2 ख 7910 नम्बरको आइचर दुरघटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । आइचर सडबाट करिब 50 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपि राजेश थापाले जानकारी दिए ।
घटनामा मृत्यु हुनेहरुको नाम भने खुल्न बाँकि छ । घाइते 5 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया