त्रिशुली जलविद्युतको साधारण सभा आह्वान

विदुर खबर २०७६ पुष ४ गते २०:१७

त्रिशुली जलविद्युत कम्पनी लिमिटेड (TJVCL) ले पुस २७ गते आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

Advertisement

कम्पनीको सो साधारण सभा नेपाल विद्युत प्राधिकरणको सभाहल, दरबारमार्गमा अपरान्ह ४ः१५ बजे सुरु हुनेछ।

सभामा कम्पनीको लेखापरीक्षक नियुक्तिलाई अनुमोदन गर्ने, आर्थिक सहायता चन्दा पुरस्कारको रकमलाई अनुमोदन गर्ने र वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ।

Advertisement

प्रतिक्रिया