किसान संघ नुवाकोटले स्थानिय तहमा नेतृत्व चयन ग¥यो

विदुर खबर २०७६ पुष ३ गते १८:१२

नुवाकोट । अखिल नेपाल किसान महासंघ नुवाकोटको दोस्रो पुर्ण बैठकले स्थानिय तहको संयोजक र सहसंयोजकको टुङ्गो लगाएको छ ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी नेकपा नुवाकोटको कार्यालय विदुरमा बसेको बैठकले १२ वट्टै स्थानिय तहका संयोजक र सह–संयोजकको टुङ्गो लगाएको हो । बैठकले म्यागङ गाउँपालिकाको संयोजकमा सन्दबिर तामाङलाई चयन गरेको छ भने सह संयोजकमा सोमबहादुर तामाङलाई चयन गरेको छ । त्यस्तै किस्पाङ गाउँपालिकाको संयोजक लालहिरा भट्ट र सहसंयोजकको जिम्मा बिनोद न्यौपानेलाई दिइएको छ ।

त्यस्तै विदुर नगरपालिकाको संयोजकमा बलराम अर्याल,सहसंयोजक अर्जुनप्रसाद भट्ट तारकेस्वर गाउँपालिकाको संयोजकमा कृष्णप्रसाद घिमिरे, सहसंयोजकमा सविना खनाल सुर्यगढी गाउँपालिकाको संयोजकमा पुष्कर देवकोटा,सहसंयोजक रामकृष्ण राई लिखु गाउँपालिकाको संयोजकमा नरहरि भेटवाल, सहसंयोजक रामशरण डंगोल रहेका छन ।

Advertisement

यस्तै बेलकोटगढी नगरपालिकाको संयोजकमा हरिप्रसाद वजगाई, सहसंयोजकमा निलप्रसाद रिजाला, तादी गाउँपालिकाको संयोजकमा ठाकुरप्रसाद्र भण्डारी, सहसंयोजकमा संगिता पाण्डे, दुप्चेश्वर गाउँपालिकाको संयोजक मुक्तिराम तामाङ, सहसंयोजकमा बसन्त धिताल रहेका छन । त्यस्तै ककनी गाउँपालिकाको संयोजकमा पुष्कर बोगटी, सहसंयोजक सुकदेव ढुंगाना, पञ्चकन्या गाउँपालिकाको संयोजकमा रामप्रसाद मिश्र, सहसंयोजक गोकर्ण भण्डारी, शिवपुरी गाउँपासिलकाको संयोजकमा सुवास उप्रेती, सहसंयोजक ओम बहादुर वुढाथोकी चयन भएका छन ।

प्रतिक्रिया